फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता
विराटनगर । विराटनगरमा आगामी चैत २५ गतेदेखि वैशाख २ गतेसम्म रिचा मेमोरियल राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।
पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजना तथा नेपाल क्रिकेट संघको सहयोगमा विराटनगरमा हुने प्रतियोगितामा विभागीय ३ सहित नेपालका ५ टिम र भारतबाट ३ टिमको सहभागीता रहने आयोजकले जनाएको छ ।
नेपालको क्रिकेट इतिहासमा ठूलो योगदान गरेका नरेश श्रेष्ठ, युनिल श्रेष्ठ र मञ्जीत श्रेष्ठको परिवारले आफ्नो छोरी र बहिनी रिचा श्रेष्ठको स्मृतिमा यो प्रतियोगिता आयोजना हुन लागेको हो ।
यसअघि अष्ट्रेलियामा पनि रिचा मेमोरियल टि ट्वान्टी प्रतियोगिता आयोजना भएको थियो । विराटनगर ६ मा रहेको मेलवर्न ज्वाला क्रिकेट रंगशालामा उक्त प्रतियोगिता हुनेछ ।
५ चैत २०७९, अाईतबार १०:०४ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो