बाडुल्की लाग्छ तिमीले सम्झीयौकी...रचनाकार निराकार रेग्मी

सुप्रिया राई

कति मिठो सपना देख्दा देख्दै  ब्युझिए म,कति मिठो सपना देख्दा देख्दै ब्युझिए म...धेरै चोटी सम्झी सम्झी कति रात त्यसै विताए,धेरै चोटी सम्झी सम्झी कति रात त्यसै विताए....दोहोरीन्छकी सपना भन्दै,दोहोरीन्छकी सपना भन्दै...नत याद केही आयो नत निन्द्रानै......यो गीतको रचनाकार हुन प्रहरी सेवामा अधिकृतको जिम्मेवारी ग्रहण गरीसकेका काठमाण्डौ निवासी निराकार रेग्मी  दर्जनौ गीतको रचना गरीसकेका निराकार एक कुसल कलाकार पनि हुन उनले राजेस हमाल लगायत नेपालका चर्चित कलाकारहरु सग धेरै नेपाली चलचित्रहरुमा अभिनय पनि गरीसकेका छन् ।

निराकारले लेखेका दर्जनौ मन छुने गीतहरु मध्ये...हुरी चल्छ मनमा तिमीले सम्झीयौकी बाडुल्की लाग्छ तिमीले  सम्झीयौकी...मलाई सम्झने अरु को नै छ र सन्सारमा तिमीनै छौ सवथोक जिवनमा ....हुरी चल्छ मनमा तीमीले सम्झीयौकी...गोधुली साझमा जव आफै हराउछु...क्षितीजमा तिमीलाई मुस्कुराएको पाउछु...हुरी चल्छ मनमा तिमीले सम्झीयौकी...दयामाया जताततै देख्छु तिम्रो मुहार,दयामाय जताततै देख्छु तिम्रो मुहार....माया हाम्रो रहीरहोस यही छ पुकार....हुरी चल्छ मनमा...... यो गीत एकदमै श्रोताले मनपराएको गीत हो ।

निराकार एक राम्रो गीतकार तथा कलाकार हुनाको साथै नेपाल फेन्सिङ्ग संघ केन्द्रीय उपाध्यक्ष साथै एक सफल ब्यावसायी पनि हुन उनले लैनचौर काठमाण्डौमा होटेल ट्रयाङकुइल तथा नुवाकोटमा क्याप्टेन रेग्मीज फार्म हाउस ( कप्तानको बगैचा ) सञ्चाल गरीरहेका छन् ।

सुप्रिया राई
प्रतिक्रिया