विराटनगर । नेकपा एमाले, कांग्रेस र माओवादी प्रदेशको १ को नाम कोशी प्रदेश राख्न सहमत भएपछि चालु प्रदेशसभा बैठकले नामाकरण टुंग्याउनेमा आशा पलाएको छ ।
प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आजैबाट सुरु भएको छ । आजको बैठकका प्रदेशको नामकरण गर्ने कार्यसूचि अन्तर्गत प्रदेशसभा सदस्यरुले नाम प्रस्ताव गरेका छन् ।
नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी प्रदेशको नाम कोसी प्रदेश राख्न सहमत भएका छन् । यता, पहिचानको मुद्दा उठाउँदै आएको नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले प्रदेशको नाम किराँत-लिम्बुवान-सगरमाथा राख्न प्रस्ताव पेस गरेको छ ।
प्रदेशको नाम कोसी राख्न नेकपा एमालेका प्रदेशसभा सदस्य रामबहादुर मगर र प्रदेशको नाम किराँत(लिम्बुवान(सगरमाथा राख्न एकीकृत समाजवादीका राजेन्द्र राईले प्रस्ताव पेस गरेका छन् ।
१७ फाल्गुण २०७९, बुधबार ०६:०८ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो