इटहरी । एसईईको नतिजालाई लिएर शिक्षकमाथि सँधै शब्दवाण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस पटकको नतिजाले खुशी तुल्याएको छ । भन्छन– नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ । यस वर्षको एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ परीक्षा दिएका ४ लाख ३८ हजार ८ सय ९६ विद्यार्थीमध्ये २ लाख ७१ हजार २ सय ९९ जना कक्षा ११ मा भर्नाका लागि योग्य भएका हुन् ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार साँझ प्रकाशन गरेको नतिजाअनुसार यस वर्षको उत्तीर्ण दर गत वर्षको भन्दा १३।९४ प्रतिशतले बढी हो ।
गत वर्षको एसईईमा ४७.८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यो वर्ष जीपीए ४ ल्याउने विद्यार्थीको संख्या पनि बढेको छ । देशभरबाट ९ सय ७१ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । गत वर्ष १ सय ८६ जनाको मात्रै जीपीए ४ थियो । यस पटक काठमाडौं जिल्लाबाट मात्रै ४ सय १० जनाले जीपीए ४ प्राप्त गरेको बोर्डले जनाएको छ । गत वर्ष काठमाडौंका ९४ जनाको जीपीए ४ थियो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले स्थानीय तहमा शिक्षाको अधिकार पुगेपछि शिक्षण सिकाइमा सुधार भएकाले नतिजा सुधारोन्मुख देखिएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत नतिजामा सुधार भएको भन्दै खुसी व्यक्त गरेका छन् । नतिजाप्रति जस लिँदै उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मिहिनेत काम लागेको छ । ग्रेड नपाउने विद्यार्थीले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नुहोला, सफलताको अर्को दिन पनि आउनेछ ।’
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो