टिका लगाएर आर्शिवाद दिँदै गर्दा कस्तो मन्त्र भन्नुहुन्छ ? यसो भन्नुस्

फाष्ट मिडिया नेपाल संवाददाता

आयु द्रोणसुते श्रीयो दशरथे शत्रूहक्षयं राघवे।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च र्दुयोधने।

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।। 


आयु द्रोणसुते भनेको द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु होस् भन्ने हो। अष्ट चिरञ्जिवीमध्ये एक पर्ने अस्वत्थामाको आयु यो ब्रम्हाण्ड रहुन्जेल भएको पुराणमा उल्लेख छ।


श्रीयो दशरथे भन्नाले दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस् भन्ने कामना हो। यसैगरी शत्रूहक्षयं राघवे भनेको भगवान् रामको जस्तो शत्रु नाश होस् भन्ने हो। रामका शत्रुहरु सबैको नाश भएजस्तै टीका थाप्नेहरूको पनि शत्रुहरु नाश होउन् भन्ने शुभेच्छा हो।


ऐश्वर्य नहुषे भनेको नहुष राजाको जस्तो खुसी ऐश्वर्य होस् भन्ने हो। जीवनमा सधै हाँसी खुसी रहनुपरोस् , दुख नपरोस् , मनमा आनन्द होस् भन्ने कामना मन्त्रमा उल्लेख गरिएको छ। गतिश्च पवने भन्नाले पवन पुत्र हनुमानको जस्तो गतिशीलता होस् भन्ने हो। हनुमानको गति यति छिटो थियो की उनले आफ्नो गतिमा लाखौँ कोस समुन्द्रपारी लंका पुगेर माता सीताको पत्ता लगाएका थिए।


टीका थाप्ने मन्त्रमा मानञ्च दुर्योधने पनि भनिन्छ। यसको अर्थ दुर्योधनको जस्तो मान हुन सकोस् भन्ने हो। दुर्योधनले आफुले मान्नुपर्ने र पाहुनालाई धेरै मानसम्मान दिने गरेको महाभारतमा उल्लेख छ। यसैगरी दानं सूर्यसुत भनेको सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस् भनेको हो।


बलं हलधरे भन्नाले हलो बोकेर हिँड्ने कृष्णका दाजु बलरामको जस्तो बल होस् भन्ने कामना पनि गरिन्छ। यसैगरी सत्यञ्च कुन्तीसुत भनेर टीका जमरा लगाउँदा मान्यजनले आशिस दिन्छन्। यसको अर्थ  कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता होस् भन्ने हो। युधिष्ठीरले पनि जिवनमा सत्य मात्रै बोले र ब्यवहारमा पनि उतारे। जसका कारण असत्यका प्रतिक कौरब पराजीत भए।


विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे भन्नाले  विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वाद दिने गरिन्छ।


यसैगरी महिलालाई टीका लगाउदा उच्चारण हुने मन्त्र यसो छस्


ॐ जयन्ती मंगलाकाली,भद्रकाली कपालिनी।

दुर्गा क्षमा शिवा धात्री, स्वाहा स्वधा नमोस्तु ते।


यसमा कुनै विशेष आशिर्वाद नभएर देवीको स्तुती गाईएको छ । यसमा देवीको विभिन्न स्वरुपको नाम लिइएको छ । यो श्लोक चण्डीबाट साभार भएको हो ।

जयन्ती स् जित्नेवाली

मंगलाकाली स् मंगल गर्नेवाली देवी

भद्रकाली स् दक्षप्रजापतीको यज्ञ विनास गर्न सतीदेवीको क्रोधबाट प्रकट भएकी देवी

कपालिनी स् भगवती दुर्गाको अर्को नाम

दुर्गा स् दुर्ग नाम गरेको राक्षसलाई मार्नेवाली देवी

क्षमा  स् पृथ्वी

शिवधात्री स् कल्याण गर्नेवाली

स्वाहा स् दक्षप्रजापतीकी छोरी

स्वधा स् दक्षप्रजापतीकी छोरी

नमोस्तुते स् त्यसती देवीलाई नमस्कार छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया