मेष राशि
टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरूको आगमन हुनेछ । आत्म विश्वासमा वृद्धि हुनेछ । जोखिम मोल्ने साहस गर्न सकिने छ । व्यापारमा लाभ हुनेछ । लगानी शुभ रहने छ । सन्तानको तर्फबाट स्वास्थ्य तथा अध्ययन सम्बन्धी चिन्ता रहने छ । दुष्ट व्यक्तिहरूबाट टाढै रहनुहोला, हानि हुन सक्छ । दाजु–भाइको साथ मिल्ने छ ।
वृष राशि
कुनै उत्सव अथवा रमाइलो कार्यक्रममा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । व्यापारमा वृद्धिको योग छ । परिवार तथा साथीभाइहरूसँग समय प्रसन्नतापूर्वक बित्ने छ । शारीरिक कष्ट हुन सक्छ, सावधान रहनुहोला । लगानी शुभ रहनेछ । तीर्थ यात्राको योजना बन्न सक्छ ।
मिथुन राशि
खर्च वृद्धिले गर्दा तनाव रहने छ । बजेट बिग्रिन सक्छ । कुनै महत्त्वपूर्ण निर्णय लिन हतार नगर्नु होला । दौडधुप रहने छ । बोलचालमा हल्का शब्दहरूको प्रयोग गर्नबाट बच्नु होला । पुरानो रोग बल्झिन सक्छ । व्यापारमा बढी ध्यान दिनु पर्नेछ । जोखिम नलिनु होला ।
कर्कट राशि
कष्ट, डर, चिन्ता र तनावको वातावरण बन्न सक्छ । जीवनसाथीप्रति बढी उदार भइने छ । अदालतका कामहरूमा अनुकूलता रहने छन् । लाभमा वृद्धि हुनेछ । पारिवारिक प्रसन्नता तथा सन्तुष्टि रहने छ । लगानी शुभ रहने छ । खर्च हुनेछ । साथीभाइहरूसँग मेलमिलाप बढ्ने छ । नयाँ सम्पर्कहरू बन्न सक्छन् । धन आर्जन हुनेछ ।
सिंह राशि
प्रगतिको अवसर प्राप्त हुनेछ । जग्गा तथा भवन सम्बन्धी बाधाहरू हट्ने छन् । आम्दानीमा वृद्धि हुनेछ । साथीभाइहरूसँग बाहिर जाने योजना बन्ने छ । रोजगार प्राप्तिको योग छ । परिवार तथा आफन्तजनसँग विवाद हुन सक्छ । शत्रुतामा वृद्धि हुनेछ । अज्ञात डर रहने छ । थकान महसुस हुनेछ ।
कन्या राशि
यात्रा सफल रहने छ । शारीरिक कष्ट हुन सक्छ । छटपटी रहने छ । नयाँ योजना बन्ने छ । मानिसहरूलाई सहयोग गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लामो समयदेखि अड्किएका कामहरू पूरा हुने योग छ । भरपूर प्रयास गर्नुहोला । आम्दानीमा सोचे जस्तै वृद्धि हुनेछ । साझेदारहरूको सहयोग मिल्नेछ । लगानी शुभ रहने छ ।
तुला राशि
अप्रत्याशित खर्चहरू अगाडि आउने छन् । ऋण लिनुपर्ने स्थिति बन्न सक्छ । अपेक्षित कामहरूमा ढिलाइ हुन सक्छ । चिन्ता तथा तनाव रहने छन् । प्रेम–प्रसङ्गमा हतार नगर्नु होला । प्रतिस्पर्धामा वृद्धि हुनेछ । व्यवसाय लाभप्रद रहने छ । काममा ध्यान दिनु होला ।
वृश्चिक राशि
कुनै सरकारी वाधा हुन सक्छ । हतारमा कुनै पनि गलत काम नगर्नु होला । विवादबाट बच्नु होला । लामो समयदेखि अड्किएको पैसा मिल्ने योग छ, प्रयास गर्नुहोला । यात्रा लाभदायक रहने छ । आम्दानीका नयाँ स्रोतहरू प्राप्त हुन सक्छन् । जागीरमा कामको प्रशंसा हुनेछ । आफ्ना सामानहरू सम्हालेर राख्नु होला ।
धनु राशि
कसैको कुरामा नबहकिनु होला । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । नयाँ कपडा तथा गहनामा खर्च हुनेछ । अचानक लाभको योग छ । व्यावसायिक यात्रा सफल रहने छ । व्यापारमा वृद्धि हुनाले सन्तुष्टि मिल्ने छ । जागीरमा जिम्मेवारी बढ्न सक्छ । पारिवारिक सहयोग मिल्ने छ । उत्साहका साथ काम गर्न सक्नु हुनेछ ।
मकर राशि
परिवारको आवश्यकताका लागि दौडधुप तथा खर्चको अधिकता रहने छ । सवारी साधन तथा मेसिनरीको प्रयोगमा विशेष सावधानीको आवश्यकता छ । अरूको झगडामा नपर्नु होला । कामको गति ढिलो रहने छ । चिन्ता तथा तनाव रहने छन् । लगानी गर्ने समय छैन । जागीरमा सहकर्मीसँग मनमुटाव हुन सक्छ, धैर्य राख्नु होला ।
कुम्भ राशि
जोखिमपूर्ण कार्य नगर्नु होला । शारीरिक कष्ट सम्भव छ । व्यवसाय ढिलो चल्ने छ । परिवारमा मनमुटाव हुन सक्छ । सुखका साधनहरूमा सोच–विचार गरेर मात्र खर्च गर्नुहोला । लगानी गर्नबाट बच्नु होला । व्यापार ठीकै चल्ने छ । आम्दानी भइरहने छ । साथीभाइको सहयोग मिल्ने छ ।
मीन राशि
कुनै अपरिचित व्यक्तिको कुरामा नआउनु होला । धनहानि हुन सक्छ । थोरै प्रयासले नै कामहरू सफल हुनेछन् । साथीभाइलाई सहयोग गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लाभको अवसर प्राप्त हुनेछ । कुनै प्रबुद्ध व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । जागीरमा उच्च अधिकारीहरू प्रसन्न रहने छन् ।
३१ असार २०८३, बुधबार ०९:०१ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो