दमक । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र समाज सेवा प्रभाग दमक– ५ ले धुम्रपानरहित दिवस शनिबार मनाएको छ ।
दमक–५ स्थित ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रको सभाहलमा आयोजित सो कार्यक्रमलाई राजयोग सेवा केन्द्र दमक सञ्चालिका तथा समाजसेवा प्रभागकी क्षेत्रीय संयोजक ब्रम्हाकुमारी राधा दिदीको अध्यक्षता रहेको थियो । दमक नगरपालिकाका कार्यवहाक नगरप्रमुख तथा वडा नं. ७ का वडाअध्यक्ष भीमप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रम वडा नं. ६ का वडाअध्यक्ष टेकबहादुर थापा विशिष्ट अतिथि रहेका थिए । टोल विकास संस्थाका अध्यक्षहरु, समाजसेवी तथा स्थानीय व्यक्तित्वहरुको आतिथ्यता रहेको सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले धुम्रपान मुक्त नगरको सुरुवात दमकनगरबाट गर्नुपर्छ भन्ने कुराको प्रतिबद्धता जाहेर गरे । त्यसको लागि सुरुवात घरबाट टोलटोलबाट गाउँ गाउँबाट गर्नुपर्छ भन्ने कुरामा सबैलाई ध्यानाकर्षण गराएका थिए ।
यसैगरी सो कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ठ अतिथि थापाले वर्तमान समयमा युवा पिढी जुन हिसाबले विभिन्न प्रकारको कूलत तथा विकृतिमा फसेका छन् यसलाई यदि अहिले नै हामीले रोकथाम नगरे अब आउने केही दशकमा हाम्रो नियन्त्रण भन्दा बाहिर जानेछ जसलाई नियन्त्रण गर्न असम्भव हुनेछ भन्ने कुराको सबैलाई सचेत गराए ।
सभाध्यक्ष राधा दिदीले धुम्रपानबाट बच्नको लागि जनचेतनामूलक अभियानहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुको साथै आध्यात्मिक चिन्तन तथा राजयोग मेडिटेसन को अभ्यासबाट धुम्रपान मध्यपान जस्ता नशालु पदार्थबाट मुक्त हुन सकिन्छ भन्ने कुराको विश्वास दिलाएकी थिईन ।
प्रज्ञा एकाडेमीमा धुमपानरहित दिवस
भद्रपुर । भद्रपुर वडा नं. १० स्थित प्रज्ञा एकाडेमी चन्द्रगढीमा विश्व ध्रुमपान दिवसको सन्दर्भमा लागु पदार्थ र सुर्ती जन्य पदार्थ सेवनबाट मानव शरीरमा पु¥याउने क्षेती तथा क्यान्सरको जोखिम बिशेक सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल अर्बुद रोग निवारण संस्था झापाको आयोजनामा सो विद्यालयमा कक्षा ९ र १० मा अध्यानरत विद्यार्थीलाई सचेतना प्रदान गरिएको थियो । भद्रपुर नगरपालिकाको आर्थिक सहयोग तथा पुर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न सचेतना कार्यक्रमको सहजीकरण सोहि अस्पताल अफिसर शोभा कार्कीले गरेकी थिईन ।
नगर प्रमुख गणेश पोखरेको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष अम्बिका ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखेल, गोविन्द खनाल, श्रेया घिमिरे शेखर पाण्डे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन रामप्रसाद पोखरेल र स्वागत सितादेवि लम्सालले गरिन । कार्यक्रममा भद्रपुर १० कि वार्ड सदस्य संगिता कोईराला लगायतका शिक्षक तथा विद्यार्थी को उल्लेख्य उपस्थित रहेको थियो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो