प्रहरी महानिरीक्षक दिपक थापाको नेतृत्वमा नेपाल प्रहरीले ऐतिहासिक प्रगति हासिल गरेको छ । आइतबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८१/८२ को कार्य प्रगति विवरणअनुसार वित्तीय अनुशासन, प्रविधिमैत्री सेवा प्रवाह, संगठनात्मक सुधार, अपराध नियन्त्रण र प्रहरी कल्याणका क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त भएको हो ।
पक्राउ पुर्जी कार्यान्वयनमा उल्लेखनीय सुधार आएको छ । अघिल्लो वर्षको तुलनामा फरार अभियुक्त पक्राउमा ६५.१४ प्रतिशत वृद्धि भएको प्रहरीले जनाएको छ। बढ्दो आर्थिक तथा वित्तीय अपराध रोक्न ‘नेपाल प्रहरी आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा’ गठन गरिएको छ ।
आधारभूत तहका प्रहरीहरूलाई लक्षित गर्दै कर्जा लिन आवश्यक सेवा अवधि ७ वर्षबाट ५ वर्ष पुर्याइएको छ । सहुलियत कर्जा ४ लाखबाट ५ लाख, घर कर्जा १० लाखबाट २० लाख पुर्याइएको छ भने सबै कर्जामा १५ प्रतिशत ब्याजदर घटाइएको छ।
छात्रवृत्ति ८ हजारबाट १२ हजार पुर्याइएको छ । पूर्वप्रहरी र उनका परिवारले पनि नेपाल प्रहरी अस्पतालमा समान उपचार सुविधा पाउने व्यवस्था गरिएको छ। अस्पतालमा न्यूरोलोजी, न्यूरो सर्जरी र ईण्डोक्राइनोलोजी सेवाहरू थपिएका छन्।
देशभर ‘ई-चल्लन’, ट्राफिक भायोलेसन रेकर्ड सिस्टम र ट्राफिक कम्युनिकेसन एप सञ्चालनमा ल्याइएको छ । १५ वर्षभन्दा बढी समय एउटै ठाउँमा कार्यरत ट्राफिक प्रहरीको अनिवार्य सरुवा नीति लागू गरिएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
१३ साउन २०८२, सोमबार १०:३७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो