सत्तामा रहने सदासयता रहेपनि थप रचनात्मक बन्न सरकारबाट बाहिरिने निर्णय भएको रास्वापाका सभापति लामिछानेको भनाई

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूलाई सत्तामा बसिरहन सदाशयता भए पनि थप रचनात्मक बन्न सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै उनले यस्तो बताएका हुन् । 

‘हामी पनि आइदिए हुन्थ्यो भन्ने सदाशयता सरकारमा रहने दलको थियो । प्रधानमन्त्रीको थियो’ रविले भने, ‘जनमतको अत्याधिक कदर गर्नुपर्ने भएकोले रचनात्मक प्रतिपक्षीमा बसेर संगठनमा लाग्नुपर्ने भएकाले हामी प्रतिपक्षीमा बस्नेमा पुगेका हौं । अब डेलिभरीमा केन्द्रित भएर काम गर्छौ । पार्टी नयाँ छ हाम्रो नयाँ कुरा सुन्न अझै बाँकी छ ।’ 

आफूहरू अब अस्थिरता मच्चाउँदै नहिँड्ने तर चुप लागेर पनि नबस्ने उनको भनाइ छ ।  

‘गठबन्धन बनाउँदै अस्थिरता बनाउँदै हिड्दनौं । तर सरकारले बाटो बिराएर गयो भने जिम्मेवार दलको रुपमा कदम चाल्छौं’ उनले भने, ‘सरकार ढाल्न लाग्दैनौं भन्दैमा रचनात्मक ढंगले लाग्दैनौं भन्ने होइन । जनताका मुद्दा उठानमा लाग्छौं ।’

खगेन्द्र कार्की
प्रतिक्रिया