चैत्र ३ मा धरानमा हुने दौड प्रतियोगीताको तयारी ८० प्रतिशतले पुरा

फाष्ट मिडिया नेपाल संवाददाता

सुनसरी । गोर्खा सिमेट्रिज ट्रष्ट नेपालको आयोजनामा चैत्र ३ गते धरानमा हुन गइरहेको दौड प्रतियोगीताको तयारी ८० प्रतिशतले पुरा भएको छ ।

धरान रत्न चौक देखी गोर्खा स्मृती पार्क सम्म ८.५ किलोमिटरमा हुने दौड प्रतियोगीमा सहभागी हुनको लागी पाच सय खेलाडीले फम भरी सकेको र ६ सय खेलाडीको सहभागीता रहने अनुमान गरिएको गोर्खा सिमेट्रीज ट्रष्ट नेपालको अध्यक्ष महेन्द्र राईले जानकारी दिएका छन् ।


दौड प्रतियोगीतामा सहभागीताको लागी ३ सय ५० शुल्क लाग्ने र प्रतियोगीतामा प्रथम महिला, पुरुष विजेतालाई जनही १५ हजार रुपैया प्रदान गरीने, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार, मेडल प्रदान गरीने साथै सहभागी सवैलाई प्रमाणपत्र टिसर्ट मेडल खाजाको व्यावस्था गरीने समेत ट्रष्टका अध्यक्ष राइले जानकारी दिएका छन् ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया