काठमाडौं । नयाँ सत्ता समिकरणले पहिलो चरणको मन्त्रालय बाँडफाँड भई शपथ लिने तयारीमा पुगेका छन् । प्राप्त समाचार अनुसार नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन उपप्रधानसहित अर्थमन्त्री बन्दैछन् । यस अघिका तीन जना मन्त्रीले निरन्तरता पाउने पक्कापक्की भएको छ । उपप्रधान तथा परराष्ट्र मन्त्रीमा नारायणकाजी श्रेष्ठ, ऊर्जा मन्त्रालयको नेतृत्वमा शक्ति बस्नेत र सञ्चार मन्त्रालयमा रेखा शर्माले पाउने भएका छन् । माओवादीका हितबहादुर तामाङले विना विभागीय मन्त्रीको शपथ लिइसकेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बन्ने भएका छन भने शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठ, र श्रम मन्त्रीमा डिपी अर्याल शपथ लिँदैछन् । डिपी अर्यालले भने सोमबार नै विना विभागीय मन्त्रलायको शपथ लिईसकेका छन । यता नेकपा एमालेले गृह वा अर्थमा दावी गरेर विष्णु पौडेललाई पठाउने तयारी गरे पनि ति दुई मन्त्रालय नपाउने भएपछि पार्टी सचिव रघुवीर महासेठलाई भौतिक पूर्वाधार मन्त्रालयमा पठाउने भएको छ । एमालेबाट ९ जना मन्त्री बन्ने भएकोमा पदम गिरीले पनि विना विभागीय मन्त्रीको शपथ लिईसकेका छन् । बाँकी ८ जनामध्ये महासेठको नाम मात्र टुंगो लागेको छ । नेकपा माओवादी केन्द्र, एमाले, रास्वपा र जसपासहितको नयाँ सत्ता गठबन्धनमा जसपाको अझै सरकारमा जाने विवाद बाँकी रहेकाले मन्त्रालयको टुंगो लाग्न सकेको छैन ।
काँग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिलेर सरकार बनाएका प्रचण्डले सोमबार सानो आकारको मन्त्रीमण्डल गठन गरेका हुन्। आज केही मन्त्री थप्ने सरकारको तयारी छ। सरकारमा सहभागी चार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक÷एक जना उपप्रधानमन्त्री हुने समझदारी भएसँगै चारै उपप्रधानमन्त्रीको शपथ सोमबार हुने भनिए पनि सबै दलमा मन्त्री बन्नेहरुको तँछाडमछाडका कारण सोमबार तीन मन्त्रीको मात्र शपथ भएको थियो।
नयाँ गठबन्धनबाट प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरता पाउँदा उपमहासचिव वर्षमान पुन पहिलोपटक उपप्रधानमन्त्री हुन लागेका हुन्। सरकारमा सहभागी हुने वा नहुने टुंगो नलागेको नेकपा एकीकृत समाजवादी नेकपा एसको भने सचिवालय बैठक चलिरहेको छ।
माधव नेपाललाई प्रधानमन्त्रीको अफर
प्रचण्डविरुद्ध गठबन्धन बनाउन लागेका कांग्रेस सभापति शेर बहादृुर देउवाले पनि नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्रीको अफर गरेपछि नेकपा एस दोधारमा परेको छ। देउवाले नेपाल निवास कोटेश्वर गएर बुधबार विहान नेपाललाई भेटेका थिए। प्रचण्डले पनि नेपाललाई प्रधानमन्त्रीको अफर गरेका छन्।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो