विद्यार्थीको आँसु र वेदनामा खुशी भर्दै दमक नगरपालिका उपमेयर रेगिना भट्टराई

खगेन्द्र कार्की

दमक/ खास गरेर दमक नगरपालिका जनताको मतिष्कमा खुशी र सन्तुष्टि भरेर उनीहरुको ओठमा मिठो मुस्कान भर्न दत्तचित्त भएर लागेकी दमक उपमेयर रेगिना भट्टराई प्रसाई आफ्नो कार्यक्षेत्रभित्र पर्ने सेवाग्राहीमा झनै लोकप्रियता कमाउँछिन । सामुदायिक विद्यालयका बालबालिकाकोमा मुस्कान भर्न पछिल्लो समयमा दुर्गभ क्षेत्रका आर्थिक पहुँच कम भएका बालबालिकाको मुहारमा खुशी भर्न साइकल वितरण समेत गरेकी छन् । दकम १० स्थित पशुपति आधारभुत विद्यालयमा पहिलो चरणमा विद्यालयको छनौटमा परेका १६ छात्रछात्रालाई उपमेयर कोषबाटै १६ वटा साइकल एक कार्यक्रमबीच बिहीबार हस्तान्तरण गरेकी छन् । 


आम्बाडी, मावा खोला पारिसम्मबाट यस विद्यालयमा अध्ययन गर्न आउने विपन्न परिवारका १६ जना छात्रछात्रालाई साइकल उपलब्ध गराइएको छ ।
कार्यक्रमको प्रमुख अतिथि रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा बोल्दै शिक्षा कुनै पनि बालबालिकाको उज्वल भविष्य निर्माण गर्ने सबल माध्यम भएको बताईन । उनले थपिन– अझै पनि भौगोलिक तथा आर्थिक कारणले धेरै बालबालिकाहरू नियमित विद्यालय आउनबाट बञ्चित हुने गरेको र त्यो नहोस भन्नका लागि केही हदसम्म सम्बोधन गर्ने उद्देश्यले साइकल वितरण कार्यक्रम अघि सारेको बताईन । यो सानो पहलले विद्यार्थीहरूको दैनिक विद्यालय आवागमन सहज बनाउनेछ भन्ने आफु विश्वस्त रहेको उल्लेख गरिन ।


साइकल न केवल यात्रा गर्नको लागि साधन हो, यो समयको बचत, ऊर्जा संरक्षण र स्वास्थ्यका लागि समेत लाभदायक रहेको बताउँदै छात्रछात्राहरूले यस सुविधाको सदुपयोग गर्दै शिक्षामा अझ मेहनतका साथ लक्ष्य प्राप्त गर्न सधैं प्रेरित रहनेमा आशावादी रहेको उल्लेख गरिन् ।
उनले सम्बोधनका क्रममा कति विद्यार्थी बाहिर छन, कक्षामा छन, पढ्दैछन वा छोडे भन्ने हेक्का जनप्रतिनिधिले पनि राख्नुपर्ने बताईन । विद्यालय बालबालिकाको दोस्रो घर भएकोले बच्चा कस्तो बनाउने भन्ने शिक्षकको हातमा रहेको पनि उनले बताईन । आफुले गरेको रिसर्चले पनि पहाडी तथा ग्रामिण क्षेत्रका बालबालिकाहरु ठूलो संख्यामा स्कुल जान छोडेको तथ्यलाई ख्याल गरेर साइकल वितरण गरिएको उल्लेख गरिन् ।
साइकल पाएपछि विद्यार्थीलाई विद्यालय आउन जान सहज हुने र पढाइमा सुधार आउने विश्वास लिइएको विद्यालयका प्रधान अध्यापक सिताराम निरौलाले बताए । अहिले कक्षा ५ सम्म अध्यापन भैरहेको बिद्यालयमा ८० जना जति विद्यार्र्थी आउन थालेको र भर्नाको क्रममै रहेकोले अभैm विद्यार्र्थी बढ्ने अपेक्षा लिईएको निरौलाले बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्तीप्रसाद सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा दमक १० का वडा सदस्य रविन्द्र लिम्बु, सामाजिक व्यक्तित्व घनश्याम खनाल, दिपेश दाहाल लगायतको उपस्थितिमा सो कार्यक्रमका सञ्चालक प्रअ निरौला थिए भने स्वागत मन्तव्य भवानी प्रसाद काफ्लेले गरेका थिए । सो साइकल नगरपालिकाले विद्यालयलाई हस्तान्तरण गरेको र विद्यालयले विद्यार्थी अवस्था अनुसार १६ जना छात्रछात्रा छनौट गरी साइकल वितरण गरिएको प्रधानअध्यापक निरौलाले बताए । उक्त साइकल विद्यालयको सम्पत्ति भएकोले विद्यार्थी अर्को स्कुलमा जाने भएमा साइकल विद्यालयलाई बुझाउनुपर्ने प्रावधान राखिएको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया