आजको पाठकको पुर्पुरो : वि.सं.२०८१ माघ २२ गते तद्अनुसार सन् २०२५ फरवरी ४ तारिख मंगलबार

फामिने ज्योतिष

मेष – मनोरञ्जनपूर्ण तथा सुखदायी, शुभदायी समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । सानातिना काम र घरेलु समस्या सुल्झाउनमै दिन व्यतीत भएको अनुभूति होला, तथापि अपत्यारिलो किसिमबाट लाभ हुने देखिन्छ । मिठो भोजन प्राप्त हुने र मित्रजनहरूको साथ मिल्ने देखिन्छ । खेलकूदका क्रियाकलापमा आकर्षण रहला । अनुकूलता वृद्धि भइ रोकिएको काम बन्नेछ ।

वृष – आजको दिन मनमा दोधारको अवस्था सिर्जना भएपनि आर्थिक पक्ष सुदृढ रहनेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त होला । यात्रागत कार्य भने आजका लागि थाती राख्नु हितकर हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नुहोला । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । आफन्तको साथले उत्साह बढ्ने योग छ ।

मिथुन – मनोरञ्जन पूर्ण समय रहेको छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गमस्थान र टाढाको यात्रा हुनसक्ने योग छ, तर अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । कामधन्दा र व्यवसायको चापक बाबजुद प्रेमी-प्रेमिका मिलन तथा दाम्पत्य सम्बन्धमा न्यानोपन रहला । धर्मकर्ममा आकर्षण बढ्नेछ । मित्रहरूसँगको जमघटमा मिठो भोजनको आनन्द मिल्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट – केही जोखिम बढेपनि परिणाममुखी काममा लगानीको समय छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नु हितकर होला । नचिताएको स्थानबाट धनागमनको योग छ । स्वास्थ्य सबल रही शरीर फूर्तिलो भएको महसुस हुनेछ । कल्पना र भावनामा केन्दित भइएला ।साथीभाइको सहयोग प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

सिंह – आजको दिन पारिवारिक वातावरण तपाईंको अनुकूल नरहन सक्छ । तथापि, स्वास्थ्य सबल रहनेछ र नियमित काममा पनि जाँगर बढ्नेछ । पराक्रम र उत्साह वृद्धि भइ उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्ने देखिन्छ । आम्दानीको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । रसरागको भाव वृद्धि होला । बौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

कन्या – चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । प्रेमभाव वृद्धि भइ सुखदानुभूति हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने समय छ । पढाइलेखाइमा प्रगति होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । यात्रा सफल हुनेछ । आफन्त र मित्रजनको साथ-सहयोग प्राप्त हुनेछ ।

तुला – पारिवारिक सुखशान्ति बढ्नुको साथै नियमित कार्यमा मन जानेछ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिकलाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ने देखिन्छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नपर्ने देखिन्छ । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – पराक्रमका साथै व्यस्तता बढ्नेछ । आजको दिन परोपकार र धार्मिक क्षेत्रमा समर्पित गर्नसके दीर्घकालिक लाभ मिल्नेछ । रोकिएका काम सम्पादन हुनेछन् तर कसैसंग सामान्य विवादको अवस्था आउन सक्छ । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । सवारीसाधनको प्रयोगमा विशेष सजगता अपनाउनु हितकर हुनेछ । आरोग्यबल बढ्नेछ । पराक्रम झल्किने कार्यमा विशेष सफलता प्राप्त होला ।

धनु – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो रहनेछ । शत्रुहरूको चलखेल बढे पनि जित तपाईंकै हुने देखिन्छ । सुख–सुविधाको वस्तु खरिदमा खर्च हुने योग छ । खर्च नियन्त्रणको प्रयास गर्नुहोला । प्रतिष्पर्धी परास्त हुनेछन् । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – उद्यम तथा परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने समय छ । आफूभन्दा वरिष्ठ व्यक्तित्व एवम् मित्रजनहरूसँग सुमधुर सम्बन्ध रहनाले महत्वपूर्ण उपलब्धि हातपर्ने योग छ । पराक्रम वृद्धि होला । आरोग्यबल बढ्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला । यात्रागत कार्य सार्थक रहनेछ । रसरागमा आकर्षण बढ्ने देखिन्छ ।

कुम्भ – मातापिता एवम् विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्ने समय छ । नोकरी तथा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । सामर्थ्य वृद्धिले काममा सफलता मिल्नेछ । रसरागमा आकर्षण रहला ।

मीन – नयाँ काम तथा जिम्मेवारी हात पर्ने समय छ । पढाइलेखाइमा पनि राम्रै प्रगति होला । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ, सावधानी अपनाउनुहोला । परिवारमा पाहुनाको चाप बढ्ने योग छ । पाहुना तथा साथीसंगीको आवागमनमा महत्वपूर्ण समय खर्च हुनसक्छ । यसका बाबजुद सुख-विलासको भाव पैदा हुनेछ । आजको दिन गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर होला ।

फामिने ज्योतिष
प्रतिक्रिया