धनकुटा । नेपाली कांग्रेस धनकुटाका अभिभावक तथा समाज सेवीहरु स्वर्गीय मोतिलाल श्रेष्ठ र स्वर्गीय अम्विकादेवी ढुंगेलको सम्मानमा आज श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल महिला संघका पूर्व केन्द्रिंय सदस्य टिका भण्डारी, नेपाली कांग्रेस धनकुटका क्षेत्रिय उपसभापति मिनल खड्गी, क्षेत्रिय सदस्य गोविन्द्र श्रेष्ठ, धनकुटा नगर सभापती नरेश श्रेष्ठ,वडा नं. ४ का वडा सभापती हरी तिम्सिना, उपसभापती गोविन्द मैनाली, सचिव थिर वहादुर थापा, सदस्य महेश प्रसाद श्रेष्ठ, टंक राना मगर नेपाल शिक्षक संघका माधव गुरागाई लगायतले धनकुटा कांग्रेसका अभिभावकहरु स्वर्गीय मोतिलाल श्रेष्ठ र स्वर्गीय अम्विका देवी ढुंगेल प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना पत्र प्रदान गरेका थिए ।
धनकुटा कांग्रेसका अभिभावक तथा वरिष्ठ समाजसेवी शिक्षा विद मोतिलाल श्रेष्ठ नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समितिका सदस्य गोकुललाल श्रेष्ठको दाजु र क्रियाशिल सदस्य लेनिन श्रेष्ठको बुबा हुन भने समाजसेवी तथा कांग्रेस अभिभावक अम्विकादेवी ढुंगेल नेपाल किसान संघ धनकुटका अध्यक्ष इन्द्र ढुंगेलको श्रीमती र नेपाल सास्कृतिक महासंघ धनकुटाका निर्वतमान उपाध्यक्ष कल्पना ढुंगेलको आमा, युवा नेता भोलाराज थापाको हजुरआमा हुन् ।
नेपाली कांग्रेस धनकुटाका अभिभावकहरु तथा समाज सेवीहरु स्वर्गीय मोतिलाल श्रेष्ठ र स्वर्गीय अम्विकादेवी ढुंगेलको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको नेपाली कांंग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताए । धनकुटा कांग्रेसका अभिभावकहरु श्रेष्ठ र ढुंगेलको एक हप्ता अघि निधन भएको थियो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो