मेष – अधुरा काम बन्ने र नयाँ कार्य पनि थालनी हुनसक्ने दिन छ । मेहनतले महत्वपूर्णजिम्मेवारी दिलान सक्छ । प्रेमभाव बढ्ने तथा परोपकारमा मन जाने देखिन्छ । प्रेममा सफलता मिल्ने, आर्थिक उपार्जनमा सुधार आउनेछ । साझेदारी कार्यमा भने जोखिम बढ्नेछ, सजग रहनुहोला । समष्टिमा आमोदप्रमोदका साथ दिन बित्ला ।
वृष – विभिन्न अवसरले पछ्याउने र बोलीको प्रभाव बढ्ने समय छ । आर्थिक समुन्नति तथा धनलाभको योग छ । आर्थिक कारोबार वृद्धि होला । कारोबारको सिलसिलामा आफन्तसँग भेटघाटको अवसर जुर्नेछ । साझेदारीको काम बन्नेछ । दाम्पत्यजीवन सुखद रहला । पारिवारिक समस्याको समाधान मिल्नाले आँट वृद्धि हुनेछ । उत्साह बढ्नेछ ।
मिथुन – आजको दिन केही चुनौतीयुक्त रहला । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा विवाद हुन सक्छ । खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने योग रहेकोले विशेष सतर्कताको खाँचो छ । परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग पनि असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने देखिन्छ । महत्वपूर्ण काम आजका लागि थाती राख्नु उचित होला । प्रतिकुलताका बाबजुद साहसमा भने कमी आउनेछैन । मिठो भोजन प्राप्त हुने समय छ ।
कर्कट – आजको दिन सामाजिक कामको दायित्व आइपर्न सक्छ । आँटेगरेका काम पुरा भइ धनलाभ हुन सक्ने समय छ । अरुले आदरभाव प्रकट गर्नेछन् । तर, मानसम्मान मिले पनि मनमा निरर्थक डर रहने छ । उत्तम रोजगारी मिल्ने र नोकरीमा पदोन्नति समेत हुने योग छ । व्यवसायमा अनुकूल परिवर्तन होला । सन्तानसुख बढ्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – केहीमात्रामा खर्च बढेपनि दिन सुखमय बित्ने देखिन्छ । पढाइलेखाइमा प्रगति होला । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ । नसोचेको ठाउबाट आर्थिकलाभबो योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिन्छ । आरोग्यता रहनेछ । रसरागको कार्यक्रममा आकर्षण रहला । पारिवारिक सुख बढ्नेछ ।
कन्या – आजको समय मनोरञ्जनपूर्ण रहला । आफ्ना सहयोगी तथा सेवक वर्गबाट उचित सहायता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका जुर्ला । व्यावसायिक यात्राको सम्भावना पनि छ । बन्धुवान्धवसँग भने केही चिसोपन बढ्ने योग छ । पराक्रम वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
तुला – आज अनावश्यक झमेलामा परिने तथा केही हानि हुन सक्ने योग रहेकोले नियमित कार्यमा सावधान रहनु उचित होला । केही विरोध तथा आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ । पारिवारिक समस्याले पिरोलेता पनि बिस्तारै समाधानतिर उन्मुख हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक – आजको दिन कठिन काममा सक्रियता बढ्नेछ । पुराना मित्रजनसँग भेटघाट गर्ने अबसर जुट्ला । पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ । आरोग्यता रहला । रोकिएको काम मिहिनेतले बन्नेछ । सामर्थ्य वृद्धि हुनेछ । शत्रुपक्ष परास्त होलान् ।
धनु – शुभता बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ । आयआर्जनको दृष्टिले राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउला । सन्तान पक्षबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । समग्रमा दिन रमाइलै बित्ला ।
मकर – दिन मिश्रित फलदायी रहला । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउन सक्छ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । स्वास्थ्य सबल रहनेछ । तर, मानहानी वा अपजशको सम्भावना छ, सजग रहनुहोला । कसैको लहैलहैमा निरर्थक यात्रासमेत हुन सक्छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
कुम्भ – सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । राज्यपक्षबाट लाभ प्राप्त हुने योग छ । तर, आजको दिन मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव श्रृजना गर्नसक्छ, सावधान रहनुहोला । कर्मबल बढ्ने समय भएपनि लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ । अनावश्यक भ्रमणबाट बच्नु हितकर होला ।
मीन – काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने देखिन्छ । तर, अनावश्यक खर्च वृद्धिका साथै चोटपटकको योग रहेकोले विशेष सावधानी अपनाउनुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ । आफन्तजन सहयोगी बनेर देखापर्लान् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो