काठमाडौं – काठमाडौं उपत्यकामा शान्ति सुरक्षा सुदृढ बनाउन प्रयोग गरिएको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त क्यामेराको सहायताबाट प्रहरीले गत आर्थिक वर्ष ५९ जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन सार्वजनिक गर्ने क्रममा एआई क्यामेरामार्फत संदिग्धको पहिचान गरी उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएको हो।
परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सोही अवधिमा प्रहरीले १८५ थान विभिन्न हतियार बरामद गरेको छ भने हतियारसम्बन्धी घटनामा संलग्न ५२ जनालाई पक्राउ गरिएको छ।
उनका अनुसार आर्थिक वर्षभर कारागारबाट फरार भएका १७५ कैदी र ९४ जना थुनुवालाई पनि पक्राउ गरी कानुनी प्रक्रियामा ल्याइएको छ।
प्रहरीले संगठित अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन गुण्डागर्दी तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न १ हजार ८७१ जनाको विस्तृत प्रोफाइलसमेत तयार गरेको जनाएको छ। प्रवक्ता भट्टराईका अनुसार कुनै अपराध भएमा संदिग्धको शीघ्र पहिचान, खोजी तथा अनुसन्धानमा सहजता होस् भन्ने उद्देश्यले उनीहरूको तीन पुस्तेसम्मको विवरण समेटिएको प्रोफाइल तयार गरिएको हो।
यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ५७ जना विदेशी महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। तीमध्ये ४७ जनालाई अध्यागमन विभागमार्फत सम्बन्धित देश फिर्ता (डिपोर्ट) गरिएको छ भने बाँकी १० जनाको डिपोर्ट प्रक्रिया जारी रहेको प्रहरीको भनाइ छ।
प्रहरीले प्रविधिमैत्री अनुसन्धान, फरार अभियुक्त पक्राउ, अवैध हतियार नियन्त्रण तथा अपराधीको अभिलेखीकरणलाई प्राथमिकतामा राखेर शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने रणनीति अपनाएको जनाएको छ।

८ साउन २०८३, शुक्रबार ०८:०१ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो