इटहरी । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । चिसोका कारण स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको सल्लाहअनुसार ओलीले पूर्वनिर्धारित सबै काम ‘भर्चुअल’ माध्ययमबाट गर्ने भएका छन् ।
सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार विहानैदेखिका कार्यक्रम भर्चुअल माध्यमबाट भएका छन् । शुक्रबार बिहान ११ः१५ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन, दिउँसो १२ः१५ बजे तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन र दिउँसो १२ः५० बजे सिद्धार्थ राजमार्गको सिद्धबावामा निर्मित सुरूङ मार्गको ब्रेकथ्रु र दिउँसो १ः१५ बजे बुटवल–गोरुसिंगे सडक स्तरोन्नति शिलान्यास गर्ने कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न गरिएका छन् ।
अस्वस्थ भएपछि उनी शुक्रबार कतै पनि गएनन । उनले सुरुङमार्गको उद्घाटन तथा अन्य काम भर्चुअलरुपमा गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले बताए । ‘धेरैं दौडधुप नगर्न चिकीत्सकको सल्लाह छ । त्यसैले प्रधानमन्त्री ज्यू उता (उद्घाटन) मा नगई भर्चुअलरुपमा केही समयपछि उद्घाटनमा रहनु भएको बताइएको छ ।
त्यस्तै आजै सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको हुँदा त्यसको उद्घाटन समेत भर्चुअल माध्यमबाटै भएको बताइएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो