गौरादह/ पार्टीका सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले हिरासतमा लिएदेखि निरन्तर आन्दोलित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार झापाको गौरादहस्थित डिपुचोकबाट ¥याली निकालेका छन् । जहाँनिया शैलीबाट राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरिएको रास्वपाका नेता तथा रास्वपाकर्मीहरुको बुझाई छ । आइतबार चौथो पटक लामिछानेलाई अदालतमा उपस्थित गराएर १३ दिनको म्याद थप गरिएको छ । सरकारका बेतिथिका विरुद्धमा प्रतिपक्ष दलहरु सबै आ–आफ्ना एजेण्डाका साथ आन्दोलित भईरहँदा सत्ता पक्ष कांग्रेस र एमाले निकै त्रसित मनस्थितिमा देखिन्छन । दुई तिहाईको सरकारका प्रधानमन्त्री आफै सरकार ढल्दैन, ढल्दैन, ८४ सम्मै जान्छ भन्दै हिंड्नु परेको मात्र छैन सत्तापक्षीय सांसदहरु असुरक्षित समेत देखिएका छन् । स्वयं प्रधानमन्त्री असुरक्षित रहने स्थिति आएको देशमा अरुको सुरक्षा कसरी होला भन्ने आम चासोको विषय बनेको छ । तर पनि सत्ता पक्षले ८७ अर्ब सहकारीको रकम अपचलन भएको देशमा लामिछानेको कार्यालयमा गएको भनिएको ६५ करोडको पछाडि दौडिएर बाँकीलाई उन्मुक्ति दिने र सर्वसाधारण, निमुखा गरिखाने वर्गको बचत रकम बिगार्नेतिर गईरहेको आरोप पनि रास्वपाले लगाएको छ ।
सोही क्रममा रास्वपाले झापाको ग्रामिण क्षेत्र गौरादहमा सैयौको संख्यामा रास्वपाकर्मी उतारेर विरोध कार्यक्रम लाई निरन्तरता दिएको छ । त्यसो छ गौरादह मात्र नभएर देशका विभिन्न भागहरुमा आन्दोलन जारी रहेको रास्वपाका कोशी प्रदेश प्रवक्ता कमलबाबु मैनालीले बताएका छन् ।
झापाको गौरादहमा गठबन्धन सरकारका विरुद्धमा हातहातमा राष्ट्रिय झण्डा र प्ले कार्ड बोकेर बजार परिक्रमा गरेका छन् । डिपुचोकबाट जुलुस निकाल्दै बजारको परिक्रमा गरे। “भ्रष्ट सरकार चाहिँदैन,“ “रवि लामिछानेलाई रिहा गर,“ “राजनीतिक प्रतिशोध मान्दैनौं,’’ र “सहकारी ठगलाई कारबाही गर“ जस्ता नाराहरू लगाउँदै उनीहरूले कांग्रेस र एमाले गठबन्धनले प्रतिशोधको राजनीति गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
प्रदर्शन पछि डिपुचोकमै कोणसभामा परिणत भएको ¥यालीमा प्रदेश, जिल्ला र नगरस्तरीय नेताहरूले मन्तव्य राख्दै सरकारप्रति कडा आलोचना गरे । एक स्थानीय नेताले भने, “गठबन्धन सरकारले जनतालाई निराश बनाएको छ । प्रतिशोधको राजनीति र भ्रष्टाचारको घेराले मुलुकको प्रगति अवरुद्ध भएको छ।” अर्का नेताले थपे, “हामी निलो क्रान्तिको मिसनमा छौँ, हाम्रो उद्देश्य विध्वंस होइन, तर पारदर्शी र न्यायपूर्ण शासन कायम गर्दै संसदीय अभ्यासबाट सत्ता हस्तान्तरण गर्न चाहन्छौं।“
प्रदेशस्तरीय नेताहरूले वर्तमान सरकारको गतिविधिलाई ’जनविरोधी र भ्रष्टाचारमुखी’ भन्दै विरोध गरे । उनीहरूले भने, “हामी न्यायका लागि लड्दै छौँ। कुनै पनि हालतमा भ्रष्टाचारलाई स्वीकार्न तयार छैनौं, र हाम्रो उद्देश्य देशलाई आर्थिक र सामाजिक रूपमा सुदृढ बनाउनु हो।“
सहभागीहरूले सरकारप्रतिको असन्तुष्टि प्रकट गर्दै भने, “राजनीतिक प्रतिशोधको अन्त्य गर्दै हामी न्याय, समानता र पारदर्शिता चाहन्छौं। यो लडाइँ केवल पार्टीको नभई सम्पूर्ण जनताको अधिकारका लागि हो।“ भावी सन्ततिको लागि हो । यो देशको प्रणालीको लागि हो र समग्रमा बेतिथि, कुसंस्कार, असंवैधानिक निरंकुशताका विरुद्धमा रहेको उनीहरुले बताएका छन् । सुशासन, समृद्धिसहित समुन्नत राष्ट्र निर्माणका लागि आन्दोलन निस्कर्षमा पु¥याएर छोड्ने नेताहरुले दृढता व्यक्त गरे ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो