इटहरी । इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको अगुवाईमा खरानी भएको इलाका प्रहरी कार्यालय पुनः ठडिएको छ । उपमहानगरको ४४ लाख बढी र अन्य दाताबाट ९ लाख ४३ हजारब बढीको योगदानबाट उक्त इलाका प्रहरी कार्यालयको भवन बुधबार हेमकर्ण पौडेलले गरेका छन् । इटहरी उप–महानगरपालिका वडा नम्बर ९ स्थित रंगशाला परिसरभित्र निर्मित सो भवनको निर्माणका लागि उपभोक्ता समिति गठन गरिएको थियो ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते इलाका प्रहरी कार्यालय इटहरीको भवन आगजनीका कारण पूर्ण रुपमा ध्वस्त भएको थियो ।
कार्यालय ध्वस्त भएपछि विस्थापित बनेको प्रहरीको टोलीले झण्डै तीन महिना इटहरी–२० तरहराको चौकीबाट अस्थायी रूपमा सेवा सञ्चालन गरेको थियो ।
पछि इलाका प्रहरी कार्यालय इटहरी भवन पुनर्स्थापना सहयोग समिति गठन गरी निर्माण कार्य थालिएको थियो ।
सो भवन मर्मत तथा निर्माण कार्यमा इटहरी उपमहानगरपालिकाबाट ४४ लाख ३७ हजार ५२ रुपैयाँ र उपभोक्ता समितिबाट ९ लाख ४३ हजार १२५ रुपैयाँ योगदान गरी कुल ५३ लाख ३५ हजार ८०७ रुपैयाँ खर्च भएको उपभोक्ता समितिले जनाएको छ । सो उद्घाटन कार्यक्रमको अध्यक्षता वडा नं. का वडाअध्यक्ष जितेन्द्र थापाले गरेका थिए भने सो कार्यक्रममा उप–प्रमुख संगीता कुमारी चौधरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेवे, इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमाललगायतको उपस्थिति रहेको थियो ।
डीएसपी हमालले पुनर्स्थापित भवनबाट सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । उद्घाटन समारोहसँगै भवन निर्माणमा सहयोग पुर्याउने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो ।
उद्घाटन भिडियो
https://youtu.be/B53yUj65MOM?si=nHqdGT_XwLsUtlXt
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो