काठमाडौं । नख्खु कागाराबाट निस्कने वित्तिकै राजनीति कार्यक्रमका लागि चितवनमा जनसागरलाई सम्बोधन गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेो पछिल्लो राजनीति भेटवार्ताले संसद पुनस्थापनाको पक्षमा उभिएका कांग्रेस एमाले अत्तालिन थालेका छन् । सहकारी ठगी प्रकरणमा लामो समय हिरासतमा रहेका लामिछानेले यही पुस ४ गते रिहा भएसँगै बढेको उनको राजनीतिक सक्रियताबाट उनीहरु अत्तालिएका हुन ।
आन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कर्कीसँग भेट गरिसकेका लामिछानेले राति काठमाडौँ महानगरका मेयर बालेन शाहसँग पनि करिब पाँच घण्टा ‘वान–टु–वान’ वार्ता गरेका छन् । यस भेटवार्ताले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ ।
रास्वपा नेता असीम शाहको निवासमा सोमबार साँझ ६ बजेदेखि सुरु भएको वार्ता राति साढे १ बजेसम्म चलेको थियो । वार्तामा रवि लामिछानेसहित रास्वपाका उपसभापति डीपी अर्याल र केन्द्रीय सदस्य असीम शाह सहभागी थिए भने बालेन शाहका तर्फबाट उनका सल्लाहकार कुमार बेन सहभागी थिए ।
त्यस्तै जेनजी अगुवा सुदन गुरुङ पनि बैठकमा सहभागी थिए । करिब ६ घण्टा चलेको बैठकमध्ये झन्डै पाँच घण्टा रवि र बालेनबीच एक्लाएक्लै संवाद भएको थियो । सो अवधिमा अन्य सहभागीहरू छुट्टै बसेका थिए । सुरुवातमा रवि र बालेनबीच व्यक्तिगत विषयमा कुराकानी भएको बताइएको छ ।
केही दिनअघि मात्र बाबु गुमाएका बालेन र करिब २ सय ६० दिन कारागार बसाईपछि बाहिर आएका रविबीच भावनात्मक संवाद भएको बताइन्छ । त्यसपछि देशको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको लामिछाने निकट नेताहरुले बताएका छन् ।
भेटवार्तामा वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै मुलुकको परिवर्तनका लागि आगामी निर्वाचन मात्र नभई दीर्घकालीन रूपमा सहकार्य गर्दै अघि बढ्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रास्वपा नेता असीम शाहले सबैको आशा र अपेक्षाअनुसार देश निर्माणका लागि मिलेर अघि बढ्नुपर्ने भावनाका साथ वार्ता भएको जानकारी दिए । साथै उनले सामाकिज सञ्जालमार्फत कथाको सुखद सुरुवात भएको पनि उल्लेख गरेका छन् ।
वार्ता सकिएपछि रवि लामिछाने र बालेन शाह एउटै गाडीमा बाहिरिएका थिए । कारागारबाट मुक्त भएपछि लामिछानेले जेनजी आन्दोलनमा घाइते भएका र शहीद परिवारहरूसँग पनि भेटघाट गरेका थिए । यस कदमलाई उनले युवा आन्दोलनसँग जोड्दै आफ्नो राजनीतिक आधार मजबुत बनाउने रणनीतिका रूपमा हेरिएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो