दमक । दमक नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
दमक नगरपालिकको सभाहलमा आयोजित सो कार्यक्रमको अध्यक्षता नगरप्रमुख रामकुमार थापाले गरेका थिए भने रेगिना भट्टराई प्रसाई, प्रमुख प्रशासकीय अधिृकत गणेशराज कार्की, वडाअध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, मिडियाकर्मीलगायत विभिन्न संघसंस्थाका प्रमुखहरु, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधिलगायतको आतिथ्यता रहेको सो कार्यक्रममा वर्षभरि नगरपालिकाले गरेका कामहरुको फेहरिस्ता प्रस्तुत गरिएको थियो । दमक नगरपालिकाको आयोजना तथा भिन्न मिडिया एण्ड रिसर्च प्रा.लि. दमकको संयोजन तथा सहजीकरणमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगरको विकास निर्माण, सुशासन प्रवद्र्धन र सार्वजनिक सेवा प्रवाह सम्बन्धमा सो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको थियो ।
सो कार्यक्रमलाई स्वागत सम्बोधन गर्दै उपप्रमुख रेगिना भट्टराई प्रसाईले दमक नगरपालिकाले समृद्ध नगर निर्माणमा वर्ष भरि गरेका कामहरु शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत हरेक क्षेत्रलाई आधार बनाएर विकास निर्माण गरेका कामहरु आम दमकबासीलाई सुनाउन लोकतन्त्रको कडीका रुपमा रहेको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको बताईन । उनले यहाँका सामाजिक प्रबुद्ध व्यक्तित्व, विद्वत वर्ग, सामाजिक संघसंस्था, बुद्धिजीविहरुको सल्लाह, सुझावसहित रचनात्मक सहयोग यस्तै कार्यक्रममार्फत बाट भईरहेको र खबरदारी गरेर सच्चिने मौका पनि पाइरहेको बताईन । यहाँको खबरदारीले हामीलाई अझ उत्तरदायी र जिम्मेवार बनेर सेवा प्रवाहमा निरन्रतता दिनका लागि पनि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको बताएकी छन् । पारदर्शी, जवाफदेही र सुशासनको प्रत्याभूति दिने स्थानीय सरकारको मूल ध्येय अनुसार प्रत्येक आर्थिक वर्षमा सम्पन्न
दमक...गर्नुपर्ने सार्वजनिक सुनुवाई जसले नागरिकको चासो, नासो र गुनासोलाई सम्बोधन गर्ने र निरन्तर सुधारको प्रक्रियाद्वारा स्थानीय सरकारले आफ्नो गन्तव्य हासिल गर्नुपर्छ भन्ने मूल मर्मलाई आत्मसाथ गरेर यो काम गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले नगरपालिकाका गतिविधि सुनाउने क्रममा बताएका हुन । चालु आर्थिक वर्षभरि भएका नगरपालिकाका विभिन्न शाखाहरुबाट सम्पादन भएका गतिविधि प्रस्तुत गरेका थिए । गत आर्थिक वर्षको बजेट १ खर्ब ६१ करोड ९८ लाख ५ हजार रहेकोमा ७८ करोड ७२ लाख ६२ हजार रुपैयाँ चालु खर्चतर्फ प्रक्षेपण गरिएको थियो । जसमध्ये ५३ करोड १७ लाख रुपैयाँ अर्थात ७६.५५ प्रतिशत खर्च भएको छ । यसैगरी पुँजीगततर्फ ८४ करोड २५ लाख रुपैयाँ विनियोजित भएकोमा ४७ करोड २८ लाख रुपैयाँ खर्च भएको थियो ५६ प्रतिशत खर्च भएको देखिन्छ । यसमा भौतिक प्रगति भईसकेको तर वित्तिय प्रगति नभएको अवस्था यसमा देखिएको उनले बताएका छन् ।
राजश्वतर्फ २४ करोड ७७ लाख ८३ हजार ६१ रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा खोला ठेक्का र मालपोतबाट आउने पैसा बाहेक जेष्ठ मसान्तसम्म १६ करोड ९१ लाख ६० हजार ५ सय ८९ रुपैयाँ अर्थात ६८.२६ प्रतिशत संकलन भएको छ । गत आर्थिक वर्षमा कूल आम्दानी १७ करोड ९३ लाख ६ सय भएको र यस पटक २ करोड बढ्दा १९ करोड होला भन्ने अनुमान रहेको पनि कार्यकारी प्रमुख कार्कीले बताए । पशुहाट, पार्किङ शुल्क, जडीबुटी कवाडी कर, विज्ञापन, सार्वजनिक शौचालयलगायतबाट आम्दानी जोडिएको छ । राजश्वका लागि चालिएको अभियानबाट ३१ लाख बढी रकम प्राप्त भएको छ । यसैगरी हरेक क्षेत्र कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा दमक नगरपालिकाले गरेका प्रगति विवरणहरु सो सार्वजनिक सुनुवाई कार्यक्रममार्फत सार्वजनिक गरिएको थियो ।
सो कार्यक्रममा अघिल्लो सार्वजनिक सुनुवाईमा सोधिएका प्रश्न र त्यसको अहिलेको अवस्थाका विषयमा पनि कार्कीले जानकारी गराएका थिए । शुक्रबारको सार्वजनिक सुनुवाईमा पनि धेरै जनाले नगरपालिकाभित्रका विकास निर्माण, फोहोरमैला, कार्यसम्पादन लगायतका दमकबासीको चासो र गुनासोहरुलाई समेटेर प्रश्न गरेका र सम्बन्धित व्यक्तिहरुले उत्तर दिएका थिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो