साउने सोमबारमा इटहरीको हलुवाई समाज

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । पवित्र महिना साउने सोमबारलाई लक्षित गरी हरेक सोमबार हलुवाई समाज इटहरी, सुनसरीले धार्मिक कार्यक्रम गर्दै आएको छ । धार्मिक गतिविधि गर्ने क्रममा हलुवाई सेवा समाजले बुढीगंगा जमुना मुक्तिघाटबाट जल लिएर राधाकृष्ण मन्दिरमा जल अर्पण गर्ने गर्दै आइरहेको छ । सोही क्रममा गत सोमबार पनि मुक्ति घाट इटहरीबाट जल ल्याएर राधाकृष्ण मन्दिरमा अर्पण गरी साउनको पवित्रता थप योगदान दिएको छ । साथै उनीहरुबाट दुःख, पीडित र भक्तजनलाई प्रसाद स्वरुप भोजन समेत गराएका छन् । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया