दमकको शिखरज्योति स्कुलमा पहिलो पटक रोजगारमुखी व्यवहारिक ज्ञान मेलाको आयोजना

खगेन्द्र कार्की

दमक । दमक–८ मा सञ्चालित शिखर ज्योति इङगलीस बोर्डिङ स्कुलले पहिलो पटक विद्यालयका बालबालिकालाई आयआर्जनसहित उनीहरुको कला प्रदर्शनी शुक्रबार गरेको छ । 

विद्यालय प्राङ्गणमा विभिन्न स्टलहरु राखेर विद्यार्थीले आ–आफ्ना प्रतिभासहित उनीहरुमा भएका कलाका माध्यमबाट उत्पादन भएका वस्तुहरु स्टलमा राखेर बिक्रीवितरण समेत गरिएको छ ।  

विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनका लागि मेलाको आयोजना गरिएको विद्यालय फाउण्डर मनकुमारी बेघाले बताईन । उनले भनिन– विद्यार्थीको पफमेन्सलाई उजागर गर्ने नै मुख्य लक्ष्य हो । उनीहरुलाई हामीले दिएको ज्ञान कति व्यवहारिक बनायो ? उनीहरु भोलिका दिनमा गरिखान सक्ने अवस्थामा रहन्छ कि रहँदैनन ? कसरी आयआर्जन गर्ने, विद्यार्थीले जानेका विज्ञानका कुरालाई बाहिर कसरी लैजाने भन्ने व्यवहारिक र प्रयोगात्मक तथा प्राविधिक रुपमा उजागर गर्नका लागि कार्यक्रम आयोजना गरिएको उनले बताईन । विद्यालयले विद्यार्थीभित्र रहेका प्रतिभा प्रष्फुटका लागि गरेका अतिरिक्त क्रियाकलापबाट उत्कृष्ट ठहरिएका विद्यार्थीलाई पुरस्कार वितरणको कार्यक्रम रहेको बेघाले बताईन । 

प्रदर्शनीका विषयमा वेघाले भनिन– विज्ञानको पक्षबाट पानीको डेन्सीटीको विषयमा, वातावरण प्रदुषणका विषयलाई चित्रमा विद्यार्थीले उतारेका छन भने अगानिक खानपिन कसरी तयार गर्ने, बनाइएका खानपिनका सामान कसरी बिक्री गर्ने र चाँडै पैसा कसरी कमाउने भन्ने कुराको प्राटिकल्ली रुपमै स्टलभित्रै तयार गरेर खाने र खुवाउने काम भईरहेको छ । भोलिका दिनमा नानीहरु व्यवसायिक बन्र्नै पर्ने र केही न केही गरेर खानैपर्ने आधार विद्यालय स्तरबाटै तयार गर्नुपर्छ भन्ने उद्देश्यका साथ आयआर्जनलाई जोडेर लगिएको पनि विद्यालय सञ्चालिका बेघाले बताईन । 

सो अवसरमा विद्यार्थीहरुले आ–आफुले तयार गरेका सामग्रीहरुका विषयमा ब्रिफिङ गरेका थिए । खानपिनमा चटपट, पानी पुरी, मम, पकौडालगायत विभिन्न भेराइटीका तरकारी र अचारहरु तयार गरेका थिए भने साइन्सका विद्यार्थीहरुले कागज र काठमा विभिन्न प्रकारका सामग्री बनाएर प्रदर्शनीमा राखेका थिए । 


खगेन्द्र कार्की
प्रतिक्रिया