सुनसरीको कालाबञ्जरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु, २ जना घाइते

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

सुनसरीको रामधुनी नगरपालिका–७ बासबिटीमा कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बर र कान्छी चोकबाट कालाबञ्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल एकाापसमा ठोक्किएर दुर्घटना भएका थिए ।

दुर्घटनामा परी दुबै मोटरसाइकलका चालक अन्दाजी ५० वर्षीय विन्दु यादव, ३४ वर्षीय इनर्चन चौधरी र उनका छोरा ९ वर्षीय प्रनिष चौधरीको मृत्यु भएको हो । प्रहरीका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा उनीहरुको शनिबार राति नै मृत्यु भएको हो ।

दुर्घटनामा रामधुनी–६ की ३२ वर्षीय प्रतीक्षा चौधरी र इनरुवा–७ का अन्दाजी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते छन् । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकाारी दिए ।

प्रहरीका अनुसार घाइते प्रतीक्षा मृतक इनर्चन चौधरीकी पत्नी हुन् । दुवै मोटरसाइकल तीव्र गतिमा भएका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया