इटहरी । पछिल्लो समयमा धनकुटाको पर्यटकीय स्थल भेडेटार अवैध लागु औषध गाँजाको “ट्रान्जिट प्वाइन्ट”मा रुपान्तरण हुँदैछ ।
विभिन्न परिणाममा गाँजा बरामद गर्दै आएको प्रहरीले सोमबार पनि साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार बजारबाट सात क्विन्टल बढी परिमाणको गाँजा बोकेको ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । धनकुटाबाट तरकारी बोकेको ना ८ ख १२६८ नम्बरको एउटा मालबाहक ट्रकबाट ७ सय ३६ केजी गाँजा भेडेटार प्रहरीले बरामद गरेको जनाइएको छ ।
उक्त परिमाणको गाँजा तरकारीको बोराभित्र लुकाएर राखिएको अवस्थामा फेला पारेको भेडेटार प्रहरीले जनाएको छ । प्रहरीले ट्रकका चालक धनकुटाको पाख्रिबास नगरपालिका–१० का सुजन भनिने टंक बहादुर मगरलाई नियन्त्रणमा लिएको छ । गाँजा बोकेको ट्रक पनि प्रहरीले बरामद गरेको छ । धनकुटाको माथिल्लो क्षेत्रमा हरेक वर्ष व्यापक गाँजा खेती हुँदै आएको छ । प्रहरीले बोट नै नष्ट गर्ने अभियान चलाएपनि त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकेको छैन । अहिले भेडेटार प्रहरीको काम नै दैनिक रुपमा धनकुटाबाट आएका मालबाहक सवारी साधनको चेकजाँच गर्ने र हप्तैपिच्छे ठुलो परिमाणमा गाँजा बरामद गरी पर्यटकीय स्थलका रुपमा चिचित्र भएको उक्त ठाउँमा गाँजाको ट्रान्जिट प्वाइन्ट जस्तो बनाएको छ ।
६ दिन अघि मात्र १ सय ३५ केजी गाँजा प्रहरीले त्यही बरामत गरेको थियो । धनकुटाबाट आउने विभिन्न प्रयोजनका गाडीमा गाँजा राखेर ल्याउने गरेको खुलेको छ । यस अघि सोही ठाउँमा एम्बुलेन्सभित्र समेत ६ सय केजी गाँजा बरामत गरिएको थियो भने पेट्रोलियम पदार्थ बोकेको गाडीमा समेत गाँजा बरामद गरिएको थियो । यसरी हेर्दा कुनै पनि बेला कुनै पनि गाडीमा गाँजा आउन सक्ने भएकोले त्यहाँ सवारी चेक जाँचमा कडाईसमेत गरिएको प्रहरीले जनाएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो