दमक/ रोटरी क्लब अफ दमकले वर्ष २०२४\२५ का विजयी पदाधिकारीको १३ औं पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ ।
विक्रम कुमार साहको अध्यक्षतामा तथा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा दमकको होटल नेपालरिकामा आइतबार साँझ आयोजना गरिएको थियो । दमक नगरपालिकका नगरप्रमुख राम कुमार थापाको विशेष आतिथ्यता रहेको सो कार्यक्रममा वर्ष २०२४÷२५ का लागि विक्रम कुमार शाहको नेतृत्वमा आइपिपि पदमराज बराल, सचिव प्रेम बहादुर देवकोटा, प्रेसिडेन्ट इलेक्ट केशव कुमार अग्रवाल, प्रिसिडेन्ट नोमिनिज सागर श्रेष्ठ, उपाध्यक्ष भेनास श्रेष्ठलगायतका १८ जना पदाधिकारी र ६ जना सल्लाहकारहरुको पदस्थापना गरिएको हो ।
सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरु, पत्रकार देखि रोटरीका तर्फबाट तल्लो निकायदेखि माथिल्लो निकायसम्मका विभिन्न पदमा आसिन व्यक्तित्वहरुको उपस्थिति तथा आतिथ्यता रहेको थियो ।
पानसमा बत्ति बालेर उद्घाटन गरिएको सो समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि शेरचनले नेपालमा निर्मूल भईसकेको पोलियो फेरी पनि आउने सम्भावना रहेको हुँदा यसतर्फ अत्यन्त संवेदनशिल रहन आग्रह गरे । उनले नेपाल बाहिर पाकिस्तानमा ९ वटा र अफगानिस्तानमा १८ वटा भएको छ । नेपालमा काठमाडौंमा ३ महिना अगाडि पोलियो भाइरस फोला परेका समाचार आएको छ । हालसालै उपत्यका भरि पोलियो खोप लगाउने काम नेपाल सरकारले गरेको हुँदा सबै स्थानीय तह त्यसप्रति सजग र सचेत भएर संवेदनशिल बन्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष शाहले आफ्ना भनाई र कार्ययोजना प्रस्तुत गर्दै यो वर्षका लागि रोटरीको माध्यमबाट दमकलाई नयाँ उचाईमा पु¥याउन गर्नुभएको विश्वास, साथ र सहयोगलाई मेरो बुद्धि, विवेकले भ्याए पनि गरिमामय संस्था दमक रोटरीलाई अझै उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । उनले दमकमा अति आवश्यक रहेको ब्लड कम्पोनेन्ट मेसिन खरिदका लागि आवश्यक सहयोग पु¥याउन नगरप्रमुखसहति सम्बद्ध सबैलाई आग्रह समेत गरे ।
नयाँ सदस्यको रुपमा भित्रिएका अशोक चौधरी, सुजन चौधरीलाई विशेष समारोहबीच भव्य स्वागत गर्दै उनलाई रोटरी चिन्ह र पिन प्रदान गरिएको थियो । निवर्तमान अध्यक्ष पदम बरालले आफ्नो कार्यकालमा भए गरेका गतिविधिहरुको फेहरिस्ता प्रोजेक्टरमार्फत देखाएका थिए । उनले आफ्नो कार्यकालमा आफुलाई सहयोग गर्ने पदाधिकारी, शुभचिन्तकहरुलाई सम्मानसमेत गरेका थिए ।
पत्रकार सम्मानित
रोटरी क्लब अफ दमकलाई विभिन्न कोणबाट साथ र सहयोग पु¥याउने मिडियाकर्मीलाई पुरस्कृत गर्ने क्रममा दमकमा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकार भुमिराज पराजुलीलाई ‘उषा चापागाईं फाउण्डेशन रोटरी दमक पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरिएको छ । सो पुरस्कार रोटरी क्लब अफ दमकका पूर्व अध्यक्ष दिपु चापागाईं सन्दिपले आफ्नी आमा उषा चापागाईंको स्मृतिमा खडा गरेका हुन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो