बीपीले हिरासतभित्र लुकेर लेखेको पुस्तकले हिरासतभित्र रहेकाहरुको चेत फर्काउन र समय बिताउन उपयोगी पुस्तक

फाष्ट मिडिया नेपाल संवाददाता

दुर्गा प्रसाई 

======================

हिरासत नजाँदा सम्म सरकारले सत्य बोलेकोमा सजाय स्वरुप उपहार दिन कतिबेला भर्याङ्ग चढेर आउछ अनि हिरासत लिएर जान्छ भन्ने कौतुहलता हुँदोरहेछ ।  अन्ततः हिरासतमा आईसकेपछि क्षणिक कौतुहलता मेटिएर जाँदो रहेछ अनि एकाग्र र अनगिन्ति प्रश्नले मन पिरोलिदो रहेछ । हिरासत भित्रको अध्याँरो कोठा भित्र मैले हिजो मात्रै विपिको आत्म वृतान्त पढेर सके । मलाई विपिको आत्म वृतान्त खुब मन पर्यो र आत्म वृतान्त पढेर सक्दा एकोहोरो उहाँमा असिमित संमान जागेर आएको छ । 

लाउ–लाउ खाउँ–खाउँको योवन अबस्था देखि विपिले दक्षिण एसियाका नागरिकको मुक्तिका लागी आफ्नो जीवन समर्पित गर्नु भएको रहेछ । भारतको स्वतन्त्रता आन्दोलन देखि नेपालको राणा बिरोधि आन्दोलन र बंगलादेशको स्वतन्त्रता आन्दोलनमा समेत उहाँले अत्यन्त ठूलो भूमिका निर्वाह गर्नुभएको रहेछ ।  जनतालाई हाम्रो मौलिख अधिकार के हो भन्ने सम्म ज्ञान नहुँदा विपीले जनतालाई अधिकार सम्पन्न बनाउन नेपालमा राणा बिरोधि आन्दोलन गर्नु भएको रहेछ । फलस्वरूपः श्री ३ महाराज मोहन शमशेरले अध्याँरो कालकोठरिमा थुनिदिएका रहेछन् । 

अध्याँरो कालकोठरीमा नेलकडिमा बाँधिएका विपीलाई दिन कतिबेला भयो ।  रात कतिबेला भयो।  भन्ने थाहा समेत नभएको र खोपाको किरण देख्ना साथ भित्तामा धर्को तानेर कति दिन कति महिना बित्यो भन्ने गिन्ती गरेको र बिस्तारै धर्को तान्न समेत भुल्दै जानु भएको भन्ने पढ्दा मेरो गह भरिएर आँशु आयो । जेलभित्र लगातारको झण्डै महिना दिनको भोक हडतालको खबर बाहिरिए पछि अन्तराष्ट्रिय जगतको दवाबमा विपी कोइराला छुट्नु भएको रहेछ । सात सालको आन्दोलन,३६ सालको जनमत संग्रहको आन्दोलन हुँदै बीपीले आफ्नो जिबन नै नागरिकको मौलिख अधिकार र लोकतन्त्र प्राप्तिको लडाईमा समर्पित गर्नुभएको रहेछ। मलाई एकदिन बिहान भेट्न आउने एकजना पढेलेखेको तन्नेरी भाईले विपिको आत्मवृतान्त पढेको देखेर हाँस्दै भन्नु भयो दाई क्रुर शाषकले जनताको मुक्तिका लागि लड्ने क्रान्तिकारीलाई जेलमा थुन्छन् अनि निस्किदा क्रान्तिकारीहरु विद्वान बनेर निस्किन्छन् भन्ने सुनेको थिए तपाइँ पनि त्यसमै पर्ने छाट देखे भन्नुभयो । त्यसपछि हामि दुवै जना एकछिन खित्का छोडेर हास्यौं। मैले उहाँको नाम समेत सार्वजनिक गरिदिने थिए तर राज्यले उहाँलाई समेत निगरानीमा राख्न सक्ने हुँदा म भन्न असमर्थ छु। 

बीपीको आत्म वृतान्त पढ्दा मैले एकपटक सदनको रोष्टममा उभिएर बोलेका स्वर्गीय कांग्रेसी नेता प्रदिप गिरिको त्यो अभिव्यक्तिलाई सम्झीए । उहाँले भन्नुभएको थियो, धेरै समय बिपी बाबुको संगत गर्दा बीपीको राजनैतिक चिन्तन र दुनियाँको भूराजनैतिक अबस्थितिको बारेमा उहाँको ज्ञान कति फराकिलो छ भन्ने कुरा मैले जहिले थाहा पाए बिपी बाबु प्रति मेरो सम्मान बढेर आयो यस्तै केहि भन्नु भएको थियो।त्यसैले महामानव बीपीका बारेमा मैले जति बोले पनि थोरै हुन्छ । त्यसैले अब म वर्तमानका  मूल मुद्दामा तपाईको ध्यान केन्द्रित गर्न चाहान्छु ।

भाग.१ (कम्बोडियाको टेलिकममा लगानी )

प्रधानमन्त्री केपी शर्मा ओलीसंग जोडिएको कम्बोडियाको टेलिकम  एक्जिएटामा ओलीको लगानी भन्ने प्रमाणको आधारमा कम्बोडियामा प्रधानमन्त्रीको २१ करोड अमेरिकी डलर लगानी रहेको कुरा बाहिर सतहमा ल्याए । यसको लागि मैले आफ्नो समय र धनको लगानी गरे । नेपाली जनता माझ नेपाल सिध्याउने व्यक्तिको मुखुण्डो उतार्न पाउँदा म आज अत्यन्त हर्षित छु । मलाई थाहा छ भ्रष्टहरुको सत्ता निर्मम हुन्छ ।  उनीहरुले राज्यका सबै अंगलाई आफ्नो नियन्त्रणमा लिएर भ्रष्टाचारको दायरालÞाई आफू केन्दित गर्छन् ।  उनीहरुका बिरुद्धमा सत्ताको कुर्सी हल्लाउन सक्ने जो कोहि देश भक्तलाई अनेकन आरोपमा हिरासत र अन्तत जेल भित्र सडाउने षडयन्त्र रचिन्छ। जसको परिणाम स्वरुप भ्रष्टको मुखुण्डो उतार्ने हिम्मत गरेकोमा निवास बाटै म पक्राउ परे। मलाई थाहा छ हिजो हिजो राणा कालमा राणा बिरुद्ध बोल्ने,पंचायतकालमा पंच सरकार बिरुद्ध बोल्ने र आज केपी ओलीका काला कर्तुत बिरुद्ध भण्डाफोर गरेर बोल्ने जो कोहीलाई बन्दुक धारी बर्दिवाला प्रहरीको दुरुपयोग गरेर पक्राउ गरिन्छ भन्ने कुरामा म पूर्ण रुपमा विश्वस्थ नै थिए। सोहि बमोजिम म आफ्नै निवास बाट पक्राउ परे। क्रुर अलोकतान्त्रिक हिटलर प्रवृत्तिको शासक ओलीको नजरमा म मात्रै होइन आज रवि लामिछाने पनि त ओलीको नजरमा आँखाको कसिङ्गर भएका छन्।  नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका स्वकीय सचिब राजेश बज्राचार्य हुँदै काण्ड  ओली निवास प्रवेश गर्न थालेपछि रामेस्वर थापाको घरमा आधा रातमा कसरी भ्रष्टहरुको सरकार बन्यो भन्ने तपाई हामी सबैले बुझेकै छौं। जसको प्रतिफल रवि लामिछानेले भोगिरहनु भएको छ । आज मैले भोगिरहेको छु र सुन्दै छु केहिसमयामा नै बालेन लाई पनि षड्यन्त्रको सिकार बनाइदै छ । 

मलाई विश्वास छ मैले सार्वजनिक गरेको प्रमाण १००% सत्य हो । चार वर्ष अगाडि यहीं बिषय एक बिदेशी मिडियाले सार्वजनिक गरेको थियो ।  ग्लोवल वाच एनालाइसिस देखि नेपालका शासकका बारेमा अध्यन गर्ने अन्तराष्ट्रिय थिङ्क ट्याङ्कले केपी ओली एसियाकै भ्रष्ट नेताको रुपमा प्रमाणित गरेका थिए । एकाएक केपी ओलीको कम्बोडियाको टेलिकममा लगानी भनेर समाचार सार्वजनिक गर्ने मिडियालाई तत्कालिन समयमै वालुवाटार बोलाएर ओलीले अन्तरवार्ता दिएका छन् । गाइगुइ हल्ला सुनिएको थियो अन्तर्वार्ता संगै उक्त पत्रकारलाई समाचार लुकाउन झोला भरेर खजाना समेत दिइएको थियो । 

आज कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका मात्रै होइन राज्यको चौथो अंग पत्रकारिता समेत ओलीको मुठ्ठी भित्र कैद छ। मुलधारका मिडियाका मालिकहरु पत्रकार माथि कन्टेन्टमा कैची लगाउन सिपालु छन् । किनकि मूलधारका मिडियाका मालिक नै सत्ता र शक्तिका वरिपरि रहेर अन्तराष्ट्रिय जासुस र एजेन्टका रुपमा देश द्रोही काम गरिरहेका छन्। 

अन्य मिडिया माथि सरकारले प्रेस काउन्सिल र साइवर ब्यूरो लगाएर नियन्त्रणमा राखेको छ ।  जसकारण सरकार बिरोधि कुनै पनि काला कर्तुतका भण्डाफोर अब मिडियाले गर्न सक्दैनन् । त्यसका अलवा पनि देश बाहिर बस्ने देश भक्त बुद्दिजिबि टंक दाहाल जस्ता विद्वानहरुले सत्यको खोजीमा अनबरत मुखरित हुँदै आएका छन् । 

म ति देश भक्तलाई कोटी कोटी धन्यवाद दिन चाहन्छु। आज नेपाल प्रहरी इतिहासमै सबै भन्दा बदनाम भएको छ ।  प्रहरीका उच्च –पदस्थहरु फूली थप्ने प्रलोभनमा शासकको गुलाम भएका छन् । जसको ज्वलन्त उदाहरण अहिले ऋक्ष्द्य का प्रमुख दिपक थापा र ऋक्ष्द्य प्रवक्ता होबिन्द्र बोगटी भएका छन्। मैले हिरासतमै थाहा पाएको छु होविन्द्र बोगटीले सरकारको प्रवक्ता जसरी मिडियामा बयान दिदै हिडेका छन् रे। जनताको हाड छाला घोटेर तिरेको करबाट तलब भत्ता खाने अनि देश र जनताको सेवा गर्ने कसम खाएका नेपाल प्रहरी आज भ्रष्टको मतियार ओलीको कठपूतली भएर अभिव्यक्ति दिनु आफैंमा राष्ट्रघात हो। 

मैले प्रमाण सार्वजनिक गरेको प्रमाणका आधारमा एकै रातमा झुटो हो भनेर भन्ने ओलीको प्रवक्ता बनेका होविन्द्र बोगटी र भ्रष्ट ओलीलाई पक्राउ नगरी भ्रष्टको प्रमाण सार्वजनिक गर्ने बिरुद्ध नै जाइलाग्ने दिपक थापा बिरुद्ध राज्य द्रोह लगायतका मुद्दा लिएर सम्मानित अदालत जान बरिष्ठ अधिवक्ता र पूर्व न्यायाधिश संगको छलफलमा  मेरो तयारी भैसकेको छ ।  नेपाल प्रहरी भित्र सबै खराब छैनन् । राष्ट्र भक्त र कतब्य निष्ठ जनताका सेवकहरु पनि छन् जसलाई बास्तबमै आइजीपीको फूली लगाइनु पर्छ। तर विडम्बना मैले सुनिरहेको छु ओलीको सेवामा आहोरात्र खटिएर देश र जनता प्रति गद्दारी गरेका दिपक थापा र होबिन्द्र बोगटीको काधमा फूली थप्ने राष्ट्र घाती काम भ्रष्ट सरकारले गर्दै छ ।

म माथि अनावस्यक झुटा मुद्दा थोपरेर थप प्रताडित बनाउने र आफ्नो देश लुट्ने धन्दामा कोहि बाधक बाँकी नराख्ने कुनियोजित खेलमा ओली छन्। मलाई विस्वास छ सम्मानित न्यायालयले कुनै दबाब र प्रभाबमा नपरिकन न्यायको पक्षमा फैसला गर्ने छ।  जुन गर्दै आइअरहेको छ। 

मेरो बिपक्षि दल प्रति पनि अनुरोध छ, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा र कांग्रेस भित्रका राष्ट्रवादी साथीहरुले केपी ओलीको कम्बोडिया लगानीको छानविनको लागी गैरराजनैतिक छानविन समिति निर्माणमा आवाज उठाउने छन् ।  यो बिषय केवल दुर्गा प्रसाईको बिषय मात्रै नभएर देशमा मौलाएको भ्रष्टाचार नियन्त्रण राष्ट्रिय मुद्दा भएकाले सबैले यसमा साथ दिनुहुनुहुन्छ भन्ने पूर्ण विस्वास लिएको छु । दुर्गाप्रसाईको सामाजिक सञ्जाल फेसबुकबाट

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया