दमक । २० रुपैयाँ संकलन गर्दै अगाडि बढेको टोलविकासले अहिले १ करोड बढीको आर्थिक कारोबार गर्न थालेको छ । भएको रकम अत्याधिक रुपमा परिचालन गरेर आर्थिक कारोबार करोड नाघेको दमक–५ मा रहेको पुरानो र सक्रिय बुद्ध टोल विकास संस्थाको अठारौं साधारणसभाको औपचारिक कार्यक्रमका अवसर बताइएको छ ।
अठार वर्ष अगाडि पानीले तोपिएको ठाउँ, पाइन्ट काँधमा हालेर हिंड्नुपर्ने अवस्थाबाट आज जताततै बाटोघाटो, ढल, सौन्दर्यकरणसम्म पुगेको आनन्दीत भएको विशिष्ठ अतिथिको आसनबाट बोल्दै कोशी प्रदेश पूर्व सांसद अर्जुन राई बताउँछन् । प्रमुख अतिथिका रुपमा रहेका वडा नं. ५ का वडाअध्यक्ष इन्द्र बहादुर गुरुङले हरेक ठाउँको विकासमा टोल विकासको महत्वलाई ध्यानमा राखेर आएका कानुन र नगरपालिकाको प्रयासमा ६ दर्जन बढी टोलविकास संस्था मध्येको अब्बल यहि बुद्ध टोल विकास रहेको बताए ।
सो साधारणसभाले २ वर्षे कार्यकालका लागि पुनः पूर्णप्रसाद भट्टराई अध्यक्षमा चयन भएका छन् । सो समितिको उपाध्यक्षमा मोहन कुमार तिवारी, सचिवमा इन्द्रबहादुर बुढाथोकी, कोषाध्यक्ष श्रीमती रुपा ढुंगाना चयन भए भने सदस्यहरुमा मिना श्रेष्ठ, इन्दिरा ढकाल, डम्बरसिंह निरौला गरी ७ सदस्य समिति चयन भएको कार्यक्रम सञ्चालक समेत रहेका बुढाथोकीले बताए ।
बुद्धचोकस्थित संस्थाको प्राङ्गणमा आयोजित संस्थाका अध्यक्ष भट्टराईको अध्यक्षतामा आयोजना भएको थियो । कार्यक्रममा संस्थाको संस्थापक अध्यक्ष, समाजसेवी, बुद्धिजीवि, जनप्रतिनिधिलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमबाट १०१ वर्ष टेक्न लागेकी ज्येष्ठ नागरिक आमा ऋषिमाया अधिकारीलाई घरमै गएर सम्मान गरिएको थियो भने ९८ वर्षीया इन्द्रमाया विष्ट लिम्बुको आमा माया लिम्बुलाई सम्मान कार्यक्रमस्थलमै सम्मान गरिएको थियो । यसैगरी ज्येष्ठ नागरिकमा मोहन कुमार तिवारी, ज्येष्ठ महिलामा राधिका देवी श्रेष्ठ, उत्कृष्ट ऋणीमा चन्द्रबहादुर भट्टराई र तिलमाया राईसमेतलाई सम्मानित गरिएको छ ।
उपाध्यक्ष मोहन कुमार तिवारीले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष भट्टराईले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वक्ताहरुले संस्थाले स्थापनाकालको छोटो समयमा अत्याधिक प्रगति गरेको उल्लेख गर्दै शुभकामना दिएका थिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो