१४ संस्करणको साफको दोस्रो खेलमा नेपाली खेलाडीको फुटबलको कलाले भारतीय खेलाडी हुने अपेक्षा

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल न्युज डेक्स

इटहरी । दक्षिणी भारतको बैंग्लोरमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दै छ । साफ च्याम्पियनसिपमा भारतसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । 

पहिलो खेलमा आमान्त्रित टिम कुवेतसँग ३–१ ले पराजित भएको नेपाल आज घरेलु टोली भारतविरुद्ध मैदानमा उत्रन लागेको हो । पछिल्लो संस्करणमा नेपाल र भारत उपाधिका लागि आमुने सामुने भएका थिए ।

सो प्रतिस्पर्धामा भारत बिजेता बनेको थियो भने नेपाल उपबिजेता भएको थियो, त्यसपछि दुवै टोली मैदानमा उत्रन लागेका हुन् । आजसम्म दुवै देश बीच भएका अहिलेसम्म भएका २३ प्रतिस्पर्धामा भारतले १६ खेलमा बाजी मारेको छ भने नेपालले २ पटक मात्रै जित निकालेको रेकर्ड छ ।

बाँकी ५ खेल बराबरीमा टुंग्गिएका दुवै देश आज राति पौने ८ बजे पुनः मैदानमा आमुने सामुने हुन लागेका हुन्। 

खगेन्द्र कार्की
प्रतिक्रिया