पछिल्लो समयमा जेनजी आन्दोलनका विषयमा लागेको आरोपमा सेनाले के भन्यो ?

फाष्ट मिडिया नेपाल संवाददाता

मानव जीवन सर्वोपरि

नेपाली सेनाले स्पष्ट रूपमा कुनै पनि भौतिक संरचना, सिंहदरबारसमेत मानिसको ज्यानभन्दा ठूलो नभएको जनाएको छ। जीवन रक्षा नै पहिलो प्राथमिकता रहेको सेनाको निचोड छ ।

संवैधानिक दायरा र नागरिक सर्वोच्चताको पालना

सेना पूर्ण रूपमा संविधान, नागरिक सर्वोच्चता र निर्वाचित सरकारको अधीनमा रहेर मात्र परिचालित भएको स्पष्ट गरिएको छ ।

कार्यपालिकाको निर्णय अधिकारको सम्मान

जेन–जी आन्दोलनपछि निर्णयको अन्तिम अधिकार राष्ट्रपति र कार्यपालिकाकै भएको र सेनाले त्यसलाई सम्मान गरेको उल्लेख छ ।

राजनीतिक महत्वाकाङ्क्षा नरहेको दाबी

सेनाले कुनै राजनीतिक एजेन्डा नबोकेको र सत्ता हस्तक्षेपको आकाङ्क्षा नराखेको स्पष्ट पारेको छ ।

सङ्कट व्यवस्थापनमा संयोजन र संवादको भूमिका

परिस्थिति थप बिग्रिन नदिन सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु सेनाको जिम्मेवारी भएको उल्लेख छ ।

अन्तिम उपायका रूपमा मात्र सेनाको प्रयोग

आन्तरिक सुरक्षा प्रहरी र सशस्त्र प्रहरीको जिम्मेवारी भएको र सेना अन्तिम विकल्पका रूपमा मात्रै रहने संवैधानिक व्यवस्था दोहो¥याइएको छ ।

राष्ट्रिय एकताको सन्देश राजनीतिक होइन

पृथ्वीनारायण शाहको तस्बिर प्रयोगलाई राजनीतिक सन्देश नभई राष्ट्रिय एकता र चेतनाको प्रतीकका रूपमा व्याख्या गरिएको छ ।

सुरक्षा निकायलाई वस्तुपरक मूल्याङ्कनसहित मजबुत बनाउनुपर्ने

सतही आलोचनाभन्दा वस्तुपरक विश्लेषण गर्दै सबै सुरक्षा निकायलाई सुदृढ बनाउनु राष्ट्रहितमा हुने निष्कर्ष निकालिएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया