धनकुटामा कांग्रेसको ‘जरा अभियान’ : क्रियाशील सदस्यता वितरणलाई पहिलो प्राथमिकता

सुप्रिया राई

धनकुटा नेपाली कांग्रेस धनकुटाले ‘जरा अभियान’ अन्तर्गत क्रियाशील सदस्यता वितरण तथा अध्यावधिक कार्यलाई पहिलो प्राथमिकतामा राखेर संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाएको छ।

धनकुटामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व संविधानसभा सदस्य नगेन्द्र कुमालले पार्टी अहिले संगठन विस्तार र सुदृढीकरण अभियानमा केन्द्रित रहेको बताउँदै क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन सबै नेता–कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेेका छन ।

कार्यक्रममा पूर्व संविधानसभा सदस्य तथा महासमिति सदस्य लीला सुब्बाले प्रत्येक वडामा पुगेर विशेषगरी महिलाहरूलाई क्रियाशील सदस्यता प्रदान गर्नुपर्नेमा जोड दिए ।त्यस्तै महासमिति सदस्य आनन्द सन्तोषी राईले नेपाली कांग्रेसलाई कुनै पनि शक्तिले समाप्त गर्न नसक्ने उल्लेख गर्दै संगठनलाई अझ बलियो बनाउन सबै एकजुट हुनुपर्ने धारणा राखेका छन ।

नेपाली कांग्रेस धनकुटाका सचिव विजयन्ती राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासमिति सदस्य सीता श्रेष्ठ प्रधान, जिल्ला सदस्यहरू रविन्द्र नेपाली, रमेश बस्नेत, गोविन्द वाग्ले, बुद्धिकान्त घिमिरे, धनकुमार राई, प्रदेशसभा क्षेत्रीय सभापति राजन पौडेल, क्षेत्रीय उपसभापति मिलन खड्का, लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष शम्भु प्रधान, नेपाल किसान महासंघ धनकुटाका अध्यक्ष दिलकुमार राई, तरुण दल धनकुटाका अध्यक्ष तथा केन्द्रीय प्रतिनिधि युवराज पराजुली, प्रजातन्त्र सेनानी संघका अध्यक्ष दिनेश भण्डारी, नेपाल महिला संघ धनकुटाकी सचिव संगीता चापागाईं, सहसचिव जानुका सुन्दास, कार्यपालिका सदस्य कृष्णमाया श्रेष्ठ, कुसुम जोशीलगायत जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष प्रीति आठपहरियाले महिला र युवालाई नेतृत्वमा पुर्‍याउन पार्टीले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिइन ।

यसैगरी धनकुटा नगरपालिका–५ का वडा सदस्य गोविन्द राई, वडा नं. ८ का नेता रुजन राई, नेपाल महिला संघकी सहसचिव कमला बस्नेत पाण्डे तथा सदस्यहरू, तरुण दलका प्रतिनिधिहरू र अन्य नेता–कार्यकर्ताहरूले टोल–टोलमा पुगेर युवा तथा महिलालाई पार्टीमा आबद्ध गराउँदै क्रियाशील सदस्यता वितरण अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष संजय सन्तोषी राईसहित सञ्चारकर्मीहरूको पनि उपस्थिति रहेको थियो।

सुप्रिया राई
प्रतिक्रिया