पाठकको पुर्पुरो : वि.सं. २०८१ साउन ८ गते (तद्अनुसार सन् २०२४ जुलाई २३ तारिख) मंगलबार, ॐ गनगणपताय नमः

फामिने ज्योतिष

मेष – आजको दिन अनुकुलता वृद्धि हुने देखिन्छ । ब्यस्तता तथा दौडधुप बढेपनि चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान–सम्मान प्राप्तिको योग छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । व्यापारमा भने कममात्र फाइदा होला । आमोदप्रमोदको परिवेश रहनेछ ।

वृष – बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । लेनदेनको विषयमा भने विवाद उत्पन्न हुनसक्छ, संयमताका साथ समस्या समाधानको प्रयास गर्नु उचित हुनेछ । पहिलेका समस्या दोहोरिन सक्छन्, सचेत रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । नियमित काममा रोकावट र कममात्र फाइदा हुने देखिन्छ । सहयोगीहरूले हात झिक्नाले अलिक अप्ठ्यारोमा महसूस होला । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आज कर्मबल वृद्धि र दौडधुप केही बढ्नेछ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । मित्रजनबाट सहयोग प्राप्त हुँदा सुख बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – उद्योग-व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । आजको दिन यात्राको योग पनि रहेको छ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ । दाम्पत्य सुख र प्रेमभाव बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि राम्रै धन आर्जन हुने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्यजीवन रमाइलो रहला । साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ, सचेत रहनुहोला । साहस र सुख वृद्धि हुनेछ । आफन्तको साथले समस्याको समाधान मिल्नेछ ।

तुला – प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ प्राप्त हुने योग छ । पढाइलेखाइमा प्रगति हुने देखिन्छ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ भने नजिकका साथीभाइ टाढिन सक्छन् । आरोग्यबल बढ्नेछ ।

वृश्चिक – बोलीको प्रभाव बढ्ने समय छ । मनमा केही डरको भाव भएपनि विभिन्न अवसरले पछ्याउनेछन् । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । व्यस्तता पनि केही बढ्ने देखिन्छ । आरोग्यता रहनेछ ।

धनु – पराक्रम र कार्यसम्पादन क्षमता बढ्नेछ, तापनि केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । आजको दिन गोपनीयतामा विशेष ध्यान दिनु उचित होला । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – दिन मिश्रित फलदायी रहला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । गल्तीबिनै आरोप लाग्न सक्ने योग छ । आरोग्यता रहने छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहन सक्छ । थिचोमिचो गर्नेहरूले दुःख दिने प्रयास गर्नेछन्, संयमता अपनाउनु हितकर होला । चोरी वा ठगीमा परिने योग हुनाले विशेष सचेतनाको दरकार छ । कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । शरीरमा आरोग्यता रहनेछ ।

मीन – लगानी र खर्च वृद्धि हुने समय छ । दीर्घकालीन रूपमा फाइदा हुनसक्ने काममा हात हाल्न सकिएला । तार्किक क्षमता बढ्नेछ । विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त होला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । आफन्तजनको साथ मिल्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् ।

फामिने ज्योतिष
प्रतिक्रिया