भोक्राहा । भोक्राहा नरसिंह गाउँपालिकाले दर्ता भएर निस्क्रिय बसेका/देखिएका सहकारी, संघसंस्था दर्ता खारेजीको प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाले असोज ४ गते १५ दिने सूचना जारी गर्दै खारेज गर्न नपर्ने कुनै कारण भए उपस्थिति हुन आग्रह समेत गरेको छ । ६ वटा सहकारीको नाम, दर्ता नं. र ठेगानासहित जारी सूचनामा ध्रुवतारा बचत तथा ऋण सहकारी संस्था लि., सुमधुर बचत तथा ऋण सहकारी संस्था लि., नवकिरण महिला कृषि सहकारी संस्था लि., दयालु लघु उद्यम सहकारी संस्था लि., श्रीराधे महिला दुग्ध उत्पादक सहकारी संस्था लि. र शिवगञ्ज बचत तथा ऋण सहकारी संस्था लि.को नाममा उक्त सूचना जारी गरिएको गाउँपालिका अध्यक्ष अजमल अख्तिर मियाले बताए । गाउँपालिकाले सूचनामा भनेको छ– यस भेक्राहा नरसिंह गाउँपालिकाको नियमन क्षेत्राधिकार भित्रका तपशिल बमोजिमका सहकारी संस्थाहरुको सहकार ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क) को व्यवस्था अनुसार मियमित रुपमा बुझाउनु पर्ने साधारणसभाको जानकारी, मासिक तथा वार्षिक प्रतिवेदनहरु लगातार २ वर्ष वा सो भन्दा बढी समयदेखि प्राप्त नभएको तथा यस गाउँपालिकाबाट मिति २०८० साउन ११ गतेका दिन सहकारी संस्थालाई सूचिकृत तथा नविकरण गर्न आउने सम्बन्धी जारी गरिएको सूचनााई समेत वेवास्ता गरी नविकरण गर्न नआएको हुँदा सहकारी ऐन २०७५ को दफा ६६ बमोजिम सम्बन्धित सहकारीको दर्ता खारेजी गर्नु नपर्ने कुनै कारण भएमा सो को स्पष्ट कारणसहित यो सूचना प्रकाशन भएको मिति १५ दिनभित्र यस कार्यालयमा सम्पर्क गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ । सो समयावधिभित्र सम्पर्कमा नआएमा कानुन बमोजिम स्वतः दर्ता खारेज हुने व्यहोरा सूचनामा उल्लेख गरिएको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो