आवश्यकता हेरी विद्यूत अवरुद्ध हुने : दमक विद्यूत प्राधिकरण

खगेन्द्र कार्की

दमक/ विद्युत अनियमितता भएको निकै भईसक्यो । छिन छिनमा झ्याप्प झ्याप्पा जाने विद्युत कटौतीले अघोषित लोडसेडिङले आम सर्वसाधारणको दैनिकीमा असर पु¥याएको छ । दमक प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालको गृहनगर हो यहाँ विद्युत कटौति हुँदैन भन्ने विश्वास समेत गुमिसकेको छ । केही महिनादेखि छिनछिनमा कटौती हुन थालेको विद्युत लाईन केही हप्तादेखि विहान, दिउँसो, साँझ झ्याप्प झ्याप्प मात्र होइन राती एक÷डेढ घण्टै विद्युत कटौती हुँदै आएपछि यहाँका उद्यमी, व्यवसायलगायत आम सर्वसाधारणमा असर पु¥याएको छ । आइतबार विद्युत प्राधिकरण दमक वितरण केन्द्रले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओली र मन्त्री दाहालको गृहजिल्ला भएकाले बढी समस्यामा नपार्न निर्देशन भएकोले सतर्कता अपनाइएको प्राधिकरणका प्रादेशीक निर्देशक राजीव सिहंले पत्रकार सम्मेलनमा बताए ।

पत्रकार सम्मेलनमा लोडसेडिङ नभएको जिकिर सिंहले गरे । उनले एसियन हाइवेको कामलाई आधार बनाएर भने– अहिले एसियन हाईवेको निर्माण कार्य भईरहेको छ, त्यो निर्माण गर्दा विभिन्न विद्युतका पोलहरु सार्नुपर्ने लगायत प्राविधिक काम चलीरहेकोले विद्युत अवरुद्ध भएको हो अन्यथा केही होइन उनले भने ।

उनले भने– हामी काम भएका क्षेत्रमा कामको गम्भीरयता हेरेर मात्रै विद्युत अवरुद्ध गरिरहेका छौ । यो हाम्रो बाध्यता हो । रहर हैन । सो पत्रकार सम्मेलनमा आवश्यकता र कामको चाप हेरेर बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् लाइन अवरुद्ध हुनसक्ने तर्फ ध्यानाकर्षण गराएको छ ।   चार्ड पर्वको अवसरमा मुख्य दिन विद्यूत् प्रवाह नरोक्ने र अन्य दिन चाहिं परिस्थिती बुझिदिन आम उपभोक्तामाझ प्राधिकरणले अनुरोध गरेको छ ।

यता दमक वितरण केन्द्रका प्रमुख परितोश कुमार चौधरीले दमक क्षेत्रमा दुइवटा फेडर मार्फत विद्युत वितरण हुने गरेको जानकारी दिँदै जहिले जुन क्षेत्रमा बढि काम हुन्छ जहाँ विद्युत अवरुद्ध गर्नुपर्ने हो त्यहाँ मात्रै गर्ने गरि सेड्यूल मिलाइरहेको जानकारी दिए । पाडाजुगी फेडरबाट दमकको पूर्वी क्षेत्र र दमक विद्युत प्राधिकरणको फेडरबाट अन्य क्षेत्रमा विद्युत वितरण हुने छ । र एसियन हाईवेमा काम हुने हुदा यस क्षेत्रका आसपासमा मात्रै विद्युत प्रवाह प्रभावीत हुने उनले बताए ।

खगेन्द्र कार्की
प्रतिक्रिया