आमा बाबु गुमाएका धनकुटा आहालेका विद्यार्थीलाई छात्रवृत्ति

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा । धनकुटा जिल्ला सागुरीगढी गाउपालिका वडा नं.१० का  पूर्व वडा सभापति स्वर्गीय झगेन्द्र राईका छोरा अनुज राईलाई विद्यार्थी परियोजना नेपाल काठमाण्डौले प्रदान गर्दै आएको छात्रबृत्ति  रकम हस्तान्तरण भएको छ ।

दुई बर्ष अघि अरिवरल बर्षाका कारण खोला आएको बाढी तर्न लाग्दा हत्या भएका तत्कालिन  धनकुटा जिल्ला आहाले गाउपालिका वडा नं. १० का  कांग्रेसका वडा सभापति झगेन्द्र राई र उक्त घटनाको खबर सुन्न साथ हृदयघाट भई निधन भएका अनु राईको छोरा एम्स एकेडेमी धरानमा कक्षा १२ मा अध्ययनरत अनुज राईलाई विद्यार्थी परियोजना नेपाल काठमाण्डौ द्धारा प्रदान गरिँदै आएको रकम मध्ये ६ महिनाको १३ हजार ५ सय रुपैया प्रदान गरिएको हो ।

विद्यार्थी परियोजना नेपाल काठमाण्डौद्धारा प्रदान गरिएको उक्त छात्र वृत्ति रकम नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, संविधान सभा सदस्यहरु मनोहर नारायण श्रेष्ठ, लिला सुब्बा, नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति अग्नी पौडेल, जिल्ला सचिव विजय सन्तोषी राईले विद्यार्थी अनुज राईलाई उक्त रकम हन्तान्तरण गरेका हुन् । उक्त समारोहमा धनकुटा जिल्ला आहालेका समाजसेवी हस्त राई, उमेश राई, वसन्त राई नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य पृती बान्तवाको उपस्थिति रहेको थियो ।

अपाङ्ग पुर्नस्थापना केन्द्र काठमाण्डौका अध्यक्ष कांग्रेस धनकुटाका महासमिति सदस्य उदय लिम्बुको पहलमा नेपाली कांग्रेस धनकुटाको अनुरोधमा उक्त छात्र बृत्ति रकम प्रदान गर्दै आईरहेको छ ।

बुबा आमा गुमाएका अनुज राई आफ्नु फुपु संगिता राईको घर धरानमा वसी अध्ययन गर्दै आईरहेका छन भने उनका दिदि भारतमा अध्ययन गर्दै आईरहेका छन ।

नेपाली कांग्रेस धनकुटाले पनि  दुई बर्ष अघि हत्या भएका तत्कालिन  धनकुटा जिल्ला आहाले गाउपालिका वडा नं. १० का  कांग्रेसका वडा सभापति झगेन्द्र राई र उक्त घटनाको खबर सुन्नासाथ हृदयघाट भई निधन भएका अनु राईको छोरा र छोरीको लागी रकम सहयोग गरेको र अझै  उनीहरुको अध्ययनका लागी थप सहयोग जुटाउना लागी  पहल गर्ने   जिल्ला सचिव विजय सन्तोषी राईले बताउँछन् । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया