एमाले महाधिवेशन : भाइ केन्द्रीय सचिव, दाइ केन्द्रीय सदस्य

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सचिवमा निर्वाचित भएका छन् । उनका दाजु दिपक कार्की भने केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

मुख्यमन्त्री कार्कीले १ हजार ३ सय ३७ मत ल्याएर सचिवमा विजयी हुँदा उनका दाई दिपक कार्कीले खुला केन्द्रीय सदस्यमा १ हजार ११६ मत ल्याएर विजयी बनेका छन् ।

सार्वजनिक मतगणनाको अन्तिम नतिजा अनुसार अध्यक्षमा तेश्रो पटक केपी शर्मा ओली विजयी बनेका छन् । कार्की दाजु भाइ नै ओलीको प्यानलमा थिए ।

दाइ कार्की संविधानसभाका सदस्य हुन् भने भाई कार्की दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा बाहल छन् ।

कोशी प्रदेशबाट केन्द्रीय पदाधिकारीमा ५ जना विजयी भएका छन् । जसमा अध्यक्ष केपी शर्मा ओली, सचिवमा योगेश भट्टराई, भानुभक्त ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की निर्वाचित भएका हुन् ।

एमालेमा झापाबाट २० जना निर्वाचित

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । झापाबाट अध्यक्षमा ओली, सचिवमा हिक्मत कार्कीसहित २० जना निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्यमा झापाबाट देवेन्द्र दाहाल, दिपक कार्की, रोमनाथ ओली, अग्नी खरेल, चिन्तन पाठक, होमबहादुर थापा, मेनुका काफ्ले, सुनिता बराल, मिना उप्रेती पोखरेल,गीता अधिकारी, गोविन्द थापा, इन्द्र भण्डारी, मनोज ताम्ली, निता घतानी, जलवर्षा राजवंशी, निर्मला पाठक नर्वदा र एलिजा गौतम निर्वाचित भएका हुन् ।

यस्तै, केन्द्रीय अनुशासन आयोगको सदस्यमा लीला कट्टेल कार्की निर्वाचित भएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।

११ औं राष्ट्रिय महाधिवेशनमा निर्वाचित १९ मध्ये ७ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् । चिन्तन पाठक, होमबहादुर थापा, मनोज ताम्ली, निता घतानी, जलवर्षा राजवंशी, निर्मला पाठक र एलिजा गौतम केन्द्रीय कमिटीमा नयाँ अनुहार हुन् ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया