पाठकको पुर्पुरो : वि.सं.२०८१ मार्गशीर्ष २१ गते (सन् २०२४ दिसेम्बर ६ तारिख) शुक्रबार

फामिने ज्योतिष

मेष – सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिने समय भएपनि जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुनसक्छन्, सजग रहनुहोला । समाजमा कुरा काट्नेको कमी हुने छैन, संयमतापूर्ण व्यवहारले विरोधिजनका मुख बन्द गर्न सकिनेछ । आकस्मिक यात्राको योग छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

वृष – दिन केही चुनौतीयुक्त रहला । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नुपर्दा मन खिन्न रहला । मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुनसक्ने योग छ । प्रतिकुलताका बाबजुद धर्मकर्ममा आकर्षण बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिनेछ । धन आर्जनको योग भएपनि आजको दिन महत्वपूर्ण काममा अरुको भर नपर्नु उचित हुनेछ । अरुको मनजित्न सजिलै सकिनेछ । नियमित काममा भने खास जाँगर नरहन सक्छ । मनमा खराब बिचारहरुले डेरा जमाउने सम्भावना रहेकोले सकारात्मक चिन्तनमा मन लगाउने प्रयास गर्नु उचित हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट – कर्मबल वृद्धिका साथै पारिवारिक सुख वृद्धि हुने समय छ । बोलीको कदर हुनेछ भने कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । सकारात्मक कार्यको लागि वातावरण मिल्ने देखिन्छ । अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । दिनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । साझेदारीको काम बन्नेछ । प्रेमभाव वृद्धिका साथै मिठो भोजन प्राप्त हुनेछ ।साथीभाइको सहयोग प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन सहयोगीहरूले साथ दिनेछन् भने काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद होला । व्यापारमा विशेष फाइदाको योग छ । इष्टमित्र, साथीसंगीका साथै प्रेमी-प्रेमिकाबीच मिलन हुने समय छ । सहयोग, मान, पुरस्कार र हौसला मिल्ने देखिन्छ । साहस वृद्धिका साथै बिग्रिएका कामहरु बन्नेछन् । प्रेमभाव बढ्नेछ । आरोग्यता बढ्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कन्या – दिन केही प्रतिकल रहने देखिन्छ । बोली र व्यवहारको विपरीत अर्थ लाग्न सक्छ, अभिव्यक्तिलाई नियन्त्रणमा राख्नु र अनावश्यक कुरामा प्रतिक्रिया नदिनु हितकर हुनेछ । व्यापार-व्यवसायमा हानी व्यहोर्नुपर्ने योग भएकोले नयाँ लगानी नगर्नु उचित हुनेछ । नोकरीमा रहेका व्यक्तिले अपजस व्यहोर्नुपर्ला । आजको दिन यात्रा घातक बन्न सक्छ, अनावश्यक यात्रा थाती राख्नु हितकर हुनेछ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना रहेपनि सामाजिक प्रष्ठिा मिल्ने देखिन्छ । प्रेमभाव वृद्धि होला ।

तुला – आजको दिन पारिवारिक समस्याले मन खिन्न हुनसक्छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । चोटपटकको भय पनि छ, सजगता अपनाउनुहोला । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ भने मातापिताको स्वास्थ्यमा केही कमजोरी आउने देखिन्छ । उपलब्धि नमिल्ने कार्यका लागि व्यस्तता बढ्न सक्छ । यात्रागत कार्यमा भने आंशिक सफलता मिल्ने योग छ ।

वृश्चिक – नसोचेका कामहरु बन्नसक्ने समय छ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनुका साथै विपरीतलिङ्गीबाट सहयोग मिल्ला । धन आर्जनको मौका जुर्ने तथा कर्मप्राप्तिको योग छ । मिष्ठान्न भोजन प्राप्त होला । पठनपाठनमा प्रगति हुनेछ । आफन्तजन सहयोगी बन्लान् । रोकिएको काम अघि बढ्नेछ भने पराक्रम वृद्धि होला । स्वास्थ्य सबल रहनेछ ।

धनु – समय मनोरञ्जनपूर्ण रहनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनुका साथै नयाँ ज्ञान सिक्ने मौका जुर्ला । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । व्यवसायबाट राम्रै फाइदा उठ्ने योग छ । प्रतिस्पर्धीहरूले हार खानेछन् । बोली र व्यक्तित्वको प्रभाव रहला । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुने देखिन्छ । स्वास्थ्यमा गडबडी भइ दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । महत्वपूर्ण योजनामा बाधाअडचन आउने योग भएकोले होसियारी अपनाउनुहोला । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनुबाट जोगिन विशेष सजगता अपनाउनु उचित हुनेछ । वादविवादमा फस्ने योग भएपनि बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । यात्रागत कार्य पनि सार्थक रहनेछ ।

कुम्भ – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आम्दानी वृद्धि होला । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । मिठो भोजन प्राप्त होला । सामर्थ्य वृद्धि हुनाले काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य सफल हुनेछन् ।

मीन – धर्मकर्ममा रुचि बढ्नेछ भने खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुका लागि समय उत्साहप्रद देखिन्छ । कर्मबल वृद्धि होला । लगानी उठ्नुका साथै आय वृद्धि हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला ।

फामिने ज्योतिष
प्रतिक्रिया