इटहरी । फागुन २१ मै प्रतिनिधिसभा निर्वाचन हुने देखिएसँगै माध्यमिक शिक्षा परीक्षा(एसइई) अन्योलमा परेको छ । यो वर्षको एसइई आगामी चैत पहिलो हप्ता सञ्चालन हुने वार्षिक कार्यतालिका भए पनि निर्वाचन हुने देखिएपछि परीक्षामा असर पुरु¥याउने देखिएको हो । मुख्य त मतपत्र र एसइई परीक्षाको प्रश्नपत्र छाप्ने एउटै ठाउँ–सरकारको स्वमित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड) हुँदा प्रभाव पर्ने परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक तारानाथ निरौलाले पनि तोकिएको समयमा निर्वाचन भएमा एसइई परीक्षामा असर पुग्ने जानकारी दिए । परीक्षा नियन्त्रक अधिकारीले निर्वाचन भएमा परीक्षा सार्ने जानकारी दिए । माघ पहिलो साता परीक्षा तालिका सार्वजनिक गर्ने कार्यायोजना भए पनि निर्वाचनले गर्दा छलफल गर्नु पर्ने देखिएको हो । उनले निर्वाचन भएमा एसइई निर्धारित समयभन्दा एक वा दुई हप्ता पछि सारिने जानकारी दिए। यद्यपि हाल बोर्ड भने आन्तरिक रूपमा एसइई परीक्षाको तयारी गर्दै आएको जानकारी दिए ।
परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका (संशोधनसहित) २०६८ अनुसार परीक्षा केन्द्र निर्धारण गरि पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ । यी एकाइहरूले पौष मसान्तसम्म परीक्षा केन्द्र निर्धारण गरी आगामी माघ पहिलो हप्ताभित्र बोर्डको कार्यालयमा पठाउनुपर्ने छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो