दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसदमा चीन भ्रमणका विषयमा जानकारी गराए । उनले जुन तरिकाले संसदलाई जानकारी गराए जनताको आशा र अपेक्षा त्यो थिएन । विगतमा राष्ट्रवादी नेता भनेर आफुलाई चिनाउन खोजेको विषय प्रमाणित गर्ने दिनको रुपमा लिएका थिए । लामो समयदेखिको नेपालको भुभागमा भारतले दावी गर्दै आएपछि मुख्य मुद्दा त्यो बन्नुपर्ने थियो । लिपुलेक, लिम्पियाधुरा नेपालकै हो भनेर यस अगाडिको केपी ओलीको कार्यकालमा चुच्चे नक्शा सार्वजनिक भएको अवस्थामा अहिले एकाएक नेपाललाई बाइपास गरेर भारत र चीनले उक्त क्षेत्रलाई व्यापारिक प्रयोजनमा सहमति गरेको विषय नै यो भ्रमणको मुद्दा बन्नुपर्ने थियो तर त्यो देखिएन । भारतसँगको वार्ताको विषयमा केही कुरा प्रधानमन्त्रीले संसदमा बोलेनन । संसदमा नबोलेको विषयमा बाहिर पत्रकारले सोधेपछि लिपुलेक, लिम्पियाधुराको विषयमा अवश्य कुरा उठछ भन्ने छोटो उत्तर हिंड्दै दिए । जसमा उक्त भूमि नेपालले फर्काउँछ भन्ने आशंका उब्जिएको छ । भारतसँगको वार्ताले सार्थकता पाउँछ भन्ने विषयमा आशंका उब्जिएको छ ।
यद्यपि आज विशेष मुद्दा नबोकेपनि उनी चीनको भ्रमणमा निस्कँदैछन् । चीनका राष्ट्रपति सी चिनफिङसँगको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ गतेदेखि १८ गतेसम्म ५ दिने भ्रमणमा जान लागेको जानकारी गराए । सो सम्मेलनको चिनियाँ राष्ट्रपति सीले उद्घाटन गर्ने कार्यक्रम चीनले तय गरिसकेको छ । सम्बोधनका क्रममा ओलीले भदौ १५ र १६ गते उत्तरी चीनको तियान्जिनमा आयोजना हुने एससीओ सम्मेलनमा सहभागी हुन आफू त्यसतर्फ जान लागेको बताएका हुन् ।
सो सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भ्रमण नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी हुने पनि बताए । ‘नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी मेरो नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काम गर्नेछ । त्यसमा विश्वस्त रहन आग्रह गर्छु’ उनले भने ।
तर भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने सडक निर्माण गरी सैन्य गतिविधि र संरचना विस्तार गरिरहेको छ ।
लिपुलेक नाका भारतको राजधानी दिल्लीबाट चीन प्रवेश गर्ने सबैभन्दा छोटो मार्ग हो । विगतमा पनि यी दुवै देशले यस्तो सहमति गर्दा नेपालले विरोध जनाउँदै आएको थियो ।
चीन, रुस, माल्दिभ्स, कम्बोडिया, लाओ लागयतका देशका राष्ट्रप्रमुखसँग भेटवार्ता हुने बताए पनि भारतसँगको वार्ताको विषयमा बोलेनन । यसले नेपालको अहिलेको ज्वलन्त समस्याका रुपमा अगाडि आएको लिपुलेक, लिम्पियाधुरा सीमा विवादको विषयमा भारतसँग वार्ता हुनेमा आशंका उब्जिएको छ । यद्यपि उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुनेछन् ।
मोदी अहिले जापान भ्रमणमा छन् । जापानबाटै उनी चीनका लागि प्रस्थान गर्ने भएका छन् । भारत र चीनबीच नेपाली भूमि लिपुलेक पासमार्फत द्विपक्षीय व्यापार गर्ने सहमति भएपछि नेपालमा त्यसको विरोध भइरहेको छ । शनिबार प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली चीन प्रस्थान गर्नेछन् भने १८ गते स्वदेश फिर्ता हुने कार्यतालिका छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो