इटहरी । किरात सभ्यता सस्कृति तथा मुन्धुम सम्रक्षण गर्नको लागी इटहरीमा एक कार्यक्रम गरी माङपा संरक्षण समीती गठन गरीएको छ ।
पुर्खा देखी चल्दै आएको धामी,माङपा,सक्तिपीठहरु,भाषा,धर्म,सस्कृती,पहिचानको जगेर्ना गर्न तथा पुस्ताहस्तान्तरण गर्नको लागी यो सम्रक्षण समीती गठन गरीएको किरात राई वान्तवा खीम केन्द्रीय अध्यक्ष ज्ञान कीरातीले जानकारी गराए ।
किरातीहरुले दिनदिनै धर्म परिवर्तन गरीरहेको अवस्थालाई मध्यनजर गर्दै धामी,माङपाहरुको सम्रक्षण गर्न जरुरी रहेको किनकी धामी,माङपाहरुले आफ्नो भाषा वाट मुन्धुम गर्छन र मुन्धुम भित्र सभ्यता,सस्कार,प्रकृती,खोलानाला,वन जंगल,नदीनालाको संम्रक्षण र ज्ञान रहेको समेत अध्यक्ष कीरातीले जानकारी गराए ।
माङपा संरक्षण समीती झापामा संयोजक सुरज राई,सहसंयोजक देउकुमार राई,सचिव हाङछा राई,कोषाध्यक्ष भिम वहादुर राई,सदस्य हर्क वहादुर राई रहेका छन् त्यसै गरी मोरङमा संयोजक जीतमान राई,सहसंयोजक मणी राज राई,सचिव सिसन राई, कोषाध्यक्ष लक कुमार राई,सदस्य सुर्ज माया नाछिरिङ राईरहेका छन भने सुनसरीमा संयोजक जोकमान राई,सहसंयोजक मित्र राज राई,सचिव गणेस वहादुर राई,कोषाध्यक्ष कुमार थुलुङ राई,सदस्य गीता राई,सदस्य वसन्त राई,सदस्य चित्र वहादुर राई,सदस्य बुद्धि कुमारी राई,सदस्य रहरी राई,सदस्य कुमार राई रहेका छन् ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो