इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ८ ले पाँचौं वडाअध्यक्ष भेट्रान कप फुटबल (महिला र पुरुष) तथा विविध खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । सरस्वती सतन माविको प्राङ्गणमा बिहीबार र शुक्रबार दुई दिन प्रतियोगिता आयोजना गरिएको थियो ।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद नाराका साथ सो प्रतियोगिताको उद्घाटन सत्रको प्रमुख आतिथ्यता कोसी प्रदेश खेलकुद परिषद सदस्य सचिव हसराज वाग्लेले गरेका थिए भने समापनको प्रमुख आतिथ्यता राष्ट्रिय जागृति क्लबका अध्यक्ष सन्त बहादुर डुम्जनले गरेका थिए । वडाका वडाअध्यक्ष रोहित चौधरीको अध्यक्षतामा आयोेजित सो खेलकुदका औपचारिक कार्यक्रमको सञ्चालन विवेक अधिकारीले गरेका थिए ।
प्रतियोगितामा वडा नं. ८ का समूह ‘ए’ र समूह ’बी’ गरी चार टिमको सहभागिता रहेको छ । सन्देश श्रेष्ठले रेफ्रिको भूमिका निभाएको सो फुटबल प्रतियोगिताको विजेता जागृति टोल विकास संस्था बनेको छ । यस्तै उपविजेता शिव मन्दिर टोल विकास संस्था भएको छ ।
यसैगरी सो प्रतियोगिता अन्र्तगत महिला फुटबलको विजेता टोल विकास संस्था कदमाह भएको छ भने उपविजेता फुलबारी टोल विकास संस्था बनेको छ । फुटबल बाहेक अन्य विभिन्न खेलकुद आयोजना गरिएका थिए । जसमा म्युजिकल चेयरको प्रथम स्नेहा सरदार भईन भने भिमा राउत द्वितीय र दिपा निरौला तृतिय बनिन । यस्तै हण्डीफोरमा कुमार अधिकारीले जितेका छन भने सक्रिय सहभागी भाग्यशाली चिट्ठामा स्मिता चौधरीले जितेकी छन् । सबै विजेता तथा उपविजेतालाई पुरस्कृत गरिएको वडाअध्यक्ष चौधरीले बताए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो