३३ अैाै अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा इटहरीमा दुइजनालई सम्मान

सुप्रिया राई

इटहरी । अपांगता भएका ब्याक्तीहरुले समाजमा पुर्‍याएकाे  याेगदान अतुलनीय छ,त्यसैले अपांगता भएका ब्याक्तीहरुकाे जीवन यापन सहज बनाउने प्रकारको कानुन बनाउन संसदमा कुरा राख्ने सांसद मिना श्रेष्ठले बताएकी छिन् ।

इटहरीमा भएकाे ३३ अैा अन्तर्राष्ट्रिय  अपांग दिवसको अवसरमा अपांगता सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि रहेकी सांसद श्रेष्ठले उक्त कुरा बताएकी हुन,तपाईहरुलाई कस्तो नियम बनाउदा तपाईंको जिवनयापन गर्न सजिलाे हुन्छ एउटा खाका काेर्नुहाेस र मलाई दिनुस प्रदेश सरकारकाे नीति नियमहरु आबस्यकता अनुसार कानुन निर्माण गर्ने ठाउमा उठान गर्नेछु सांसद श्रेष्ठले थपिन ।

त्यसै गरि  अपांगता भएका ब्याक्तिहरुकाे महान पर्व आजकाे दिनमा अपांगता भएका ब्याक्तीहरुकाे पिर मार्का आदनप्रदान गर्दै उनिहरुकाे समस्या राज्य र स्थानीय सरकारलाई घचघचाउने अपांगता भएका ब्याक्तिहरुकाेे अधिकार सुनिश्चित गराउने कार्यक्रमकाे सभापति दिल कुमारी राईले जानकारी गराइन ।


अपांगता संरक्षण मञ्च इटहरी सुनसरीको आयाेजना तथा इटहरी उपमहानगरपालिकाकाे आर्थिक सहयाेगमा भएकाे कार्यक्रममा इटहरीको २० वटै वडाको अपांगहरुकाे सहभागीता रहेकाे थियोे भने कार्यक्रममा माया घर नेपालकाे अध्यक्ष सुभद्रा प्याकुरेल र नेपाल चेलीबेटी अपांग महिला समाजका पुर्व अध्यक्ष तृप्ता मगरलाई सम्मान गरिएको थियाे ।

 

सुप्रिया राई
प्रतिक्रिया