स्वर्गद्धारी मन्दिर दर्शन गरेर फर्किएका भक्तजन दुर्घटनामा, ७ जनाको निधन

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

दाङ । प्यूठानमा स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कदै गरेको कार दुर्घटना हुँदा निधन भएका ७ जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा परि मृत्यु भएका ८ जना मध्ये ७ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशिल थापाका अनुसार दुर्घटनामा दाङको तुलसीपुर– १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल, उहाँका छोराहरू १४ वर्षका विशाल पोखरेल र ९ वर्षका विकास पोखरेल । त्यस्तै, दाङको लमही नगरपालिका– ७ गडुवाका ४० वर्षीय गोविन्द शाह, उहाँकी श्रीमती ३० वर्षीय राधा नेपाली र उहाँका छोरा ९ वर्षका आदित शाहको निधन भएको हो ।

यस्तै, कार चालक दाङको लमहीका ताराबहादुर कुमालको पनि निधन भएको छ भने एक जनाको सनाखत हुन बाँकी छ । कार अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका– ४ उपल्लो भिंग्रीमा लु १ च ६३४५ नम्वरको कार दुर्घटना हुँदा चालकसहित ८ जनाको निधन भएको हो ।


खगेन्द्र कार्की
प्रतिक्रिया