भारतले सरकारले दियो नेपाललाई मृगौला डाइलासिस उपकरण

खगेन्द्र कार्की

फामिने संवाददाता

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ । 

सोमबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्यमन्त्री पद्म गिरीलाई डायलासिस उपकरण हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा भारतीय राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको जानकारी दिनुभयो ।  डायलासिस उपकरणले नेपालको स्वास्थ्य संरचनाको पूर्वाधारमा सहयोग पुग्ने उहाको विश्वास छ । उहाले सन् २००३ देखि साना परियोजनामार्फत भारत सरकारले नेपालमा सामुदायिक अस्पताल, स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । 

त्यस्तै स्वास्थ्यमन्त्री गिरीले भारत सरकारले उपलब्ध गराएको उपकरणलाई आवश्यक ठाँउमा पुराएर सहज रुपमा उपचार सेवा सुरु गर्ने बताउनुभयो । 

भारतले दुई सय थानमध्ये कार्यक्रममा २० वटा उपकरण उपलब्ध गराएको हो । बाँकी उपकरण छिट्टै नेपाल भित्रिने दूतावासले जानकारी दिएको छ । 


खगेन्द्र कार्की
प्रतिक्रिया