नेपाली कांग्रेस–एमाले गठबन्धनको सरकारभित्रै दर्जनौं काण्ड बोकेका नेताहरुलाई चोख्याउने रणनीति लिँदै विपक्षीहरुको तेजोबध गर्ने रणनीतिमा सरकरा गएको छ । सरकारले यतिखेर सहकारी घोटाला सम्बन्धी छानविनलाई प्राथमिकतापूर्वक अगाडि बढाएको छ त्यसको उद्दे्रश्य सहरीको ठिक ढंगले सञ्चालन गर्न नभई राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी रवि लाछानेदेखि ग्यालेक्सी फोर के टिभीसँग जोडिएका अन्य व्यक्तिहरुलाई तह लगाउने रणनीति मात्र लिएको छ । सोही क्रममा रवि लामिछानेसहितलाई एमालेका सूर्य थापा नेतृत्वको संसदीय छानविन समितिले भोलि रवि लामिछानेसँग बयान लिँदैछ ।
रास्वपा सभापति रवि लामिछानेले भोलि शुक्रबार सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिने जनाउँदै आउ उपस्थित भएर बयान दिने बताएका थिए । गोरखा मिडिया नेटवर्कमा रहँदा सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप लागेका उनलाई संसदीय छानबिन समितिले बयानका लागि बोलाएको थियो ।
रास्वपाको केन्द्रीय समिति बैठकमा बुधबार सभापति लामिछानेले आफूलाई ७ भदौको बैठकमा बोलाएको जानकारी दिँदै बयानका लागि तयार रहेको बताए । प्रतिवेदन लेखनको अन्तिम तयारीमा रहेको समितिले विभिन्न व्यक्तिसँग बयान लिइरहेको छ । समितिले बयान लिन रास्वपाका सहमहामन्त्री विपीन आचार्यलाई पनि बोलाएको थियो । उनी ग्यालेक्सी फोरके टिभी खुल्दा गोरखा मिडिया नेटवर्कमा आबद्ध थिए । समितिले सोही मिडिया नेटवर्क आबद्ध कुमार रम्तेलसँग पनि बयान लिइसकेको छ ।
शेरबहादुर देउवाले एउटा काण्ड, उनकी पत्नी आरजु राणाले अर्को काण्ड, स्वंम प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा काण्ड, त्यही छानविन समितिका सूर्य थापा पनि निस्कलंक व्यक्तिमा पर्दैनन अन्य मन्त्री तथा आसेपासे, सल्लाहकारको कुरै छोडौं । सबै दुधले नुहाएर अरुलाई फोहोरभित्र कोच्ने प्रयासमा लागेको देखिन्छ । हिजो देउवा प्रधानमन्त्री हुँदा उनको भान्सेको अनुभव बटुलेकी आरजु राणालाई एकै पटक संवेदनशिल मन्त्रालय विदेश मन्त्रालय दिएर भारत भ्रमणमा पठाएको छ । कत्रो नेता झै गरी भारतमा गएर ठूलै मानसम्मान पाएको प्रचार गरिएको छ । तर आरजुलाई बसमा राखेपछि नेपालको के खोस्न पाइनछ भन्ने स्वार्थपूर्ण नीति भारतले लिएको हेक्का उनीहरुमा छैन । भुटानी शरणार्थी मानव तस्करीमा संलग्नको आरोप लागेको व्यक्तिलार्इ मन्त्री बनाइएको र उनैलाई भारत पठाएर दुधले नुहाउन लगाउने गलत अभ्यासले देश र जनताको भविष्य कता जाने हो आशंकाहरु उब्जिएका छन् । यस्ता गलत तिथी र रवैयालाई नरोकेर विना प्रमाणको व्यक्ति एउटा २२ सिटे रवि लामिछानेको तेजोबध गर्ने गरी संसदीय समिति अगाडि बढ्नु निकै दुर्भाग्य बनेको छ । पछिल्लो समयमा व्यक्तिगत रुपमा पार्टीमा हावी हुन नसकेपछि विरोधमा उत्रिएका पूर्व महामन्त्री मुकुल ढकाललाई ढाल बनाएर रास्वपामाथि बलात्कारको प्रयास भएको छ । मुकुल ढकाल स्वार्थले भरिएको एउटा पात्रको रुपमा चिनिइसकेका छन् । उनले पनि रविकै तेजोबधमा उत्रिएर सरकारलाई सघाईरहेका छन् । रविका लागि गरिएको विरोधका गतिविधिबाट सरकारले सहयोग गर्छ भन्ने मनसायले उनले विभिन्न ठाउँमा उजुरी र मुद्दाको सहारा लिएका छन् । उनको यो गलत रवैयाले अन्ततः हानी ढकाललाई नै हुने हो तर त्यो चेत उनमा पलाएको छैन । सरकारको स्वार्थपूर्ण साथ सहयोगलाई आधार बनाएर ढकाल हौसिरहेको देखिन्छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो