कोलम्बो । अघिल्लो संस्करणको फाइनलमा ८ विकेटले हारेको श्रीलंकाले भारतलाई ८ विकेटले नै पराजित गर्दै पहिलो पटक एसीसी टी–२० महिला एसिया कपको उपाधि जितेको छ।
आयोजक श्रीलंकाले आइतबार डम्बुला क्रिकेट रंगशालामा भारतलाई आठ विकेटले पराजित गरेको हो। संयोग कस्तो छ भने, अघिल्लो संस्करणको उपाधि श्रीलंकालाई आठ विकेटले नै हराएर भारतले जितेको थियो।
टस जितेर ब्याटिङ रोजेको भारतले ६ विकेटको क्षतिमा सबै ओभर खेलेर १६५ रन जोडेको थियो। भारतका लागि स्मृति मन्धनले सर्वाधिक ६० रनको योगदान दिइन्। ४७ बल खेलेकी उनले १० चौका प्रहार गरेकी थिइन्।
भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले दुई विकेटको क्षतिमा आठ बल बाँकी छँदै पूरा गरेको हो। श्रीलंकाका लागि हर्षिता समरविक्रमाले अविजित ६९ रन जोडिन्। श्रीलंकाली कप्तान ए. अमरीले दुई छक्का सहित ६१ रन जोडेकी थिइन्।
एशिया कपमा समूह चरणबाट बाहिरिएको नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो। भारत र पाकिस्तानसँग भने नेपाल पराजित भएको थियो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो