स्व. गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा इटहरीमा विविध कार्यक्रम गरी मनाइने

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

इटहरी । स्व. गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा सुनसरीको इटहरीमा एक कार्यक्रम गरी आज मनाइँदैछ ।  गिरिजाप्रसाद कोइराला फाउण्डेसन 

रामजानकी बृद्धाश्रम इटहरी १६ पकलीमा आयोजना हुने सो कार्यक्रममा स्वास्थ्य शिविर, खाद्यान्न वितरण तथा अन्र्तक्रिया कार्यक्रम राखिएको छ । आज विहान ११ बजेदेखि सुरु हुने सो कार्यक्रम इन्खा अस्पताल इटहरीको सहकार्यमा आयोजना हुने फाउण्डेशनका अध्यक्ष केशव भट्टराईले जानकारी दिए । ५ पटक देशको प्रधानमन्त्री भएरका स्व. कोइराला पाँचौ नेपाली कांग्रेस पार्टी सभापति पनि भए । ठूला ठूला परिवर्तनमा जीवन उत्सर्ग गर्ने हक्की र निडर स्वभावका कोइरालाको आज १३ औं स्मृति दिवस मनाउने क्रममा फाउण्डेशनले इटहरीमा कार्यक्रम गर्ने भएको भट्टराईले बताए । 


खगेन्द्र कार्की
प्रतिक्रिया