आजको पाठकको पुर्पुरो : वि.सं. २०८० आषाढ १ गते (तद्अनुसार सन् २०२३ जुन १६ तारिख) शुक्रबार आषाढ कृष्ण पक्षको त्रयोदशी तिथि

खगेन्द्र कार्की

मेष – स्वास्थ्यगत कोणबाट आजको दिन त्यति शुभदायी नहोला । खर्चवृद्धिको समय छ । आजको दिन काममा ढिलासुस्ती हुन सक्छ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

वृष – आजको दिन तपाईंको अनुकुल रहला । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । बुद्धि-विवेकको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । धनप्राप्तिको योग छ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । कार्य व्यापारमा सफलता पाउनुहुनेछ ।

मिथुन – दिन शुभदायी छ । पुराना साथीसंगको भेटघाटले मन रमाउने छ । चिताएको काममा सफलता पाइनेछ । मित्रजनको दह्रिलो साथ-सहयोग रहला । अनौठो तरिकाबाट धनलाभ हुन सक्ने योग छ । परिवारमा खुशीयाली छाउला । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । सुख सुविधाको बस्तु बढ्ला ।

कर्कट – दिन मनोरञ्जनात्मक रहला । स्वास्थ्य भने आज केही कमजोर रहन सक्छ । खानपानमा विशेष ध्यान दिनु हितकर होला । समाजिक सम्मान मिल्ने समय छ । धनलाभ हुने र सुखविलासमा मन जाने योग छ । आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछन् । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । सुख शान्ति बढ्नेछ ।

सिंह – आजको दिन शुभदायी नरहला । आर्थिक अभावले सताउन सक्छ । अनावश्यक कुरामा धन ब्य हुने योग छ, खर्च गर्दा विशेष सचेत र सावधानी अपनाउनु होला । स्वास्थ्य पनि प्रतिकुल रहन सक्छ, होसियारी अपनाउनु हितकर होला । भौतिक साधनको समेत क्षति हुने दिन छ, सावधान रहनुहोला । मित्रजनको साथ रहनेछ । परिवारमा पनि शान्ति रहला । कर्मबल बढ्नेछ ।

कन्या – मिश्रित फल दिने प्रकारको दिन छ । दिनको सुरुवातमा कामहरू बन्नेछन्, सखदानुभूति हुनेछ । तर दिनको उत्तरार्द्धमा आलश्यले सताउन सक्छ । सामान्य कार्यका लागि पनि धेरै परिश्रम पर्न सक्छ । आफन्तको सहयोग भने प्राप्त हुने समय छ । आफन्तजनसँग आकस्मिक भेटघाट हुन सक्छ । कार्य अधुरो रहने योग छ । सन्तानसुख प्राप्त हुनेछ ।

तुला – नचिताएको ठाउँबाट आम्दानी हुने समय छ । आम्दानीका बाटाहरू खुल्नेछन् भने ब्यापार ब्यवसायमा फलिफाप होला । उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – दिन राम्रै छ । कुनै नयाँ योजना सोच्दै हुनुहुन्छ भने सुरु गर्न सकिनेछ । काममा जाँगर बढ्ला । धनलाभ र सन्तान पक्षबाट सुखको अनुभूति हुने समय छ । परिवारमा आर्थिक समस्याले सताउन सक्छ, सचेत रहनुहोला । दाम्पत्यसुख भने बढ्नेछ । योजना र बजेट बनाइ कार्य गरे बेस होला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – दिन खास अनुकुल नरहन सक्छ । स्वास्थ्यका लागि खानपानमा ध्यान राख्नु हितकर होला । मनमा कता–कता डरको भाव रहन सक्छ । समयमा निर्णय लिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ । कसैसँग सामान्य विवाद पर्न सक्छ, सावधान रहनुहोला । चोटपटकको भय पनि छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहनेछ ।

मकर – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिएला । प्रेमभाव र आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । कार्यालयको काममा खासै मन नजाला, तर दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । सोचेका काम पूरा भइ सुखको अनुभव हुने दिन छ । परिवारजनको साथ मिल्नेछ भने उल्लास–उत्साह वृद्धि हुनेछ । अर्थआर्जनको योग छ । दाम्पत्य जीवन सुखद रहला । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – अतिथिका रूपमा सम्मान पाइने समय छ । आज नचिताएको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ । स्वास्थ्य कमजोर रहनसक्ने भएकोले आज खानपानमा विशेष सावधान रहनुहोला । परिवारमा सामान्य विवादको अवस्था निम्तन सक्छ, तथापि समस्याको समाधान मिल्नेछ । सुख विलास बढ्ला । आयआर्जन राम्रै हुने योग छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया