दमकमा कार्यरत झण्डै तीन दर्जन सामाजिक संस्थालाई एकै ठाउँमा उभ्याएर दमक उपमेयरले दिईन हरियालीको जिम्मेवारी

खगेन्द्र कार्की

दमक/ दमक नगर पालीकाकी उप प्रमुख रेगिना भट्टराईले मंगलबार दमकमा क्रियासिल रहेका संघ संस्थासंग छलफल गरेकी छन । दमकको विकासका लागी यहाँ रहेका संघ संस्थाहरुसंग सहकार्यमा एकिकृत कार्ययोजना बनाउन छलफल गरिएको उपप्रमुख भट्टराईले बताईन । नगरभित्र काम गरिरहेका सम्पुर्ण संघ संस्थालाई एकै ठाउँमा राखेर नगरको विकासका लागी सुझाव र सहकार्य गर्न छलफलको अयोजना गरिएको उनले बताइन ।


नगर उपप्रमुख भट्टराईकै अध्यक्षतामा सम्पन्न अन्तरक्रियात्मक सो कार्यक्रम समग्र सौन्दर्यकरण तथा वातावरण संरक्षणको उद्देश्यसहितका मुद्दामा केन्द्रीत रह्यो सो अन्र्तक्रियाका क्रममा उपस्थित सामाजिक संघसंस्थाले लिएको जिम्मेवारी बमोजिम दमकका सबै बाटा तथा शाखा सडकहरूलाई सामाजिक संघसंस्थाको नाममा नामकरण गरिनेछ, र ती संस्थाको प्रत्यक्ष निगरानीमा वृक्षारोपण तथा हरियाली प्रवद्र्धनका कार्यक्रमहरू सञ्चालन गरिने उपप्रमुख भट्टराईले बताईन ।
‘हरियाली दमक, समृद्ध दमक’ हाम्रो अभियान रहेको र सहकार्य, समर्पण र सामूहिक प्रयासबाट शहरलाई वातावरणमैत्री, स्वच्छ र सुन्दर बनाउन दृढ रहेको उनले बताएकी छन् ।
छलफलमा सहभागी हुँदै नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले यहाँ क्रियासिल समाजिक संघ संस्थाहरु दमककै विकासका लागी सञ्चालन भएको भन्दै सबैका आप्mना आप्mना काम सहित कुनै बिषयमा साझा योजना बनाएर जान सकिने बताए । कुनै ठाउँमा कार्यक्रम दोहोरिने र कुनै ठाउँमा कार्यक्रम नै नपुग्ने अवस्थालाई यस्ता छलफलले काम गर्न सहज बनाउने उनको टिप्पणी थियो ।
कार्यक्रममा उद्योग बाणीज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईंले यहाँका हरेक उद्योगी व्यवसायी दमककै विकासका लागी प्रयासरत भएको भन्दै बाणीज्य संघको तर्पmबाट पनि आवस्यक सहकार्यको लागी तयार रहेको बताइन । त्यसैगरी पुष्प धिरेन्द्र प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेतले दमकमा रहेका सबै संस्था संस्थाहरुको समन्वयका लागी एउटा समिति गठन गरि सोहि समिति मार्पmत साझा योजना बनाउन सकिने बताए ।
कार्यक्रममा कदम थिएटरका सिजन दाहाल, सुन्दर समाज नेपालका बिन्दु सिटौला लक्की, दमक अनाथ आश्रमकी मेनुका बुढाथोकी, दमक जेसिजका सुमन कुमाल, गृहिणी महिला सहकारीकी रिता थापा, दमक अपाङ्ग सहयोग समितिकी मनु तिम्सिना, प्रथम नागरिक धिमाल ब्यवस्थापन समितिका तेजबहादुर धिमाल, जिवनचक्र समाजका अध्यक्ष गणेश गौतम लगायतले नगरपालीकाले सबै संघ संस्थालाई एकै ठाउँ ल्याएर दमकको विकासका लागी साझा धारणा बनाउने अवसर प्रदान गरेर राम्रो काम गरेको बताए ।
कार्यक्रममा नगर उप प्रमुख रेगिना भट्टराईले दमकको प्रत्येक सडकलाई एउटा संस्थाको नाममा नामांकरण गरि सोहि संस्थाले सौन्दर्यकरण गर्नुपर्ने भनि राख्नु भएको प्रस्ताव बमोजिम एउटा एउटा संस्थाले जिम्मेवारी लिएर सो सडकको रेखदेख र सौन्दर्यकरणमा काम गर्ने प्रतिबद्धता समेत जनाएका थिए । झण्डै ३ दर्जन संस्थाहरुको सहभागीतामा भएको सो कार्यक्रमबाट संस्थागत रुपमा प्रतिनिधित्व गरेका सबै पदाधिकारी तथा प्रतिनिधिहरुले खुशी व्यक्त गरेका थिए ।

खगेन्द्र कार्की
प्रतिक्रिया