:— गजेन्द्रबहादुर कार्की —: भोजपुर । तेन्जिङ–षडानन्द मितेरी सडकः सगरमाथासम्म पहुँचको नयाँ सम्भावना– सबै नेपालीका लागि साझा सपना! ब् ल्भध ध्बथ तय भ्खभचभकत पूर्वी पहाडबाट हिमालय दर्शनको यात्रा । संसार पुग्यो हामी पनि हाम्रो भूमीमा पुगौ ।
पूर्वी नेपालका तीन स्थानीय तहहरू–अरुण गाउँपालिका बञ्चरेबाट षडानन्द नगरपालिकाको केन्द्र दिङ्गला हुँदै साल्पासिलिचो गाउँपालिकाबाट सिधै सगरमाथा आधार शिविरसम्म पुग्न सक्ने तेन्जिङ(षडानन्द मितेरी सडक आज एउटा ऐतिहासिक अवसरको रूप लिँदैछ । विगतका दशकहरूमा यो मार्ग साना पदमार्ग र सीमित यात्राका माध्यममार्फत् प्रयोग हुँदै आएको भए तापनि, आजको यथार्थ भने फरक छ अब समय आएको छ कि सगरमाथा हिमाल, जुन विश्वकै सर्वोच्च शिखर हो, त्यसको दर्शन केवल विशेष वर्गले मात्र होइन गाउको गरिब बिपन्न सर्वसाधारण नेपाली दाजुभाइ तथा दिदीबीहरुले केबल दर्शन मात्र पनि गर्न सकुन जुन नेपालको स्वाभिमान र नागरिक अधिकारसँग गाँसिएको विषय हो ।
सगरमाथा सबैका लागि (Sagarmatha for All):
सगरमाथा चढ्ने साहसिक सपना त रहिरहन्छ, तर त्यसको केवल दर्शन पनि आज लाखौं नेपालीको जीवनभर पूरा नहुने आकांक्षा बनिरहेको छ । किन ? केवल पहुँच अभाव, पूर्वाधारको कमी र नीति कारण। यो मार्गले विशेष गरी पूर्वी नेपालका बिपन्न, गरिब, तथा ग्रामीण भेगका नागरिकहरूलाई विश्वको सर्वोच्च शिखरसम्म पुगी दर्शन गर्ने अवसर दिन्छ। तेन्जिङ–षडानन्द मितेरी सडक मार्ग मात्र होइन, अभियान हो! भोजपुरको बञ्चरेदेखि षडानन्द नगरपालीका हुँदै साल्पासिलिचुङ्ग पास गरेर खुम्बु क्षेत्र पुग्ने सीधा मार्ग पदमार्ग विस्तार गरेर सडक र पूर्वाधारको विकास मा फड्को मार्न सकिन्छ। यो मार्ग केवल सगरमाथातर्फ जाने यात्रुको लागि छोटो पहुँच मात्र होइन,माथिल्लो सगरमाथा क्षेत्रबाट फर्कने पर्यटकहरूको लागि पनि एक आकर्षक, सुरक्षित र सांस्कृतिक यात्राको विकल्प बन्नेछ माथिल्लो सगरमाथा क्षेत्र (Everest Base Camp, Namche Bazaar आदि) बाट फर्कने क्रममा पर्यटकहरूका लागि अब पूर्वी नेपालतर्फको नयाँ वैकल्पिक मार्ग प्रस्ताव गर्न सकिन्छ, जुन भौगोलिक विविधता, सांस्कृतिक सम्पदा, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण मार्ग हुनेछ। यस मार्गमा पर्यटकहरूले निम्न आकर्षणहरूको अनुभव गर्न सक्नेछन्ः साल्पा पोखरी मा पबित्र स्नान त्यस पछि सगै रहेको सिलिचुङ्ग डाडा आरोहण त्यस पछि इर्खुवा चिर्खुवा खोला को असला माछा स्वाद लिदै षडानन्द र योग्गमाया को दर्शन गर्दै दिङ्गला बजार पार गरेर निश्चल र स्वच्छ रुपमा बगिरहेको लक्ष्मिको बास भएको मानिने याङ्गुवा खोला मा (राई भाषामा याङ्ग भनेको पैसा हो) पबित्र स्नान गरि पेन्सन गडी अरोहण र प्राकृतिक दृश्य अबलोकनपछि स्थानिय परिकार र सांस्कृतिक कार्यक्रम सहित सिस्नेरी होमस्टेमा भब्य स्वागत पछि चरम्बी बैद्य गाउको गुम्बा दर्शन साथ बञ्चरे हुदै कौशिक ऋषिको तपोभूमी अरुण कोशी तारेर अफ्नो गन्तव्यतर्फ यात्रा अगाडी बढाउनु हुनेछ । त्यसैले अब समन्वयको नेतृत्व लिनुहोस् ।
साझा योजना, संयुक्त लगानी, र अन्तरपालिका सहकार्यको ढाँचा तयार गरौँ । प्रदेश र संघ सरकारः यस मार्गलाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गर्न पहल गरियोस्। पूर्वाधार, पर्यटन तथा संस्कृति मन्त्रालयहरू सँगै बसेर नीति बनाउनुहोस्। पूर्वी नेपालमा सुरक्षित, दिगो र समुदाय-केन्द्रित पर्यटन विकासका लागि सहयोग गर्नुहोस्। यो मार्ग नेपालको पर्यटन नक्सामा नयाँ नमुना बन्न सक्छ। युवा, नागरिक समाज, सञ्चारमाध्यम र सरोकारवाला यो सपना प्रवाह गरौँ। अभियान निर्माण गरौँ । सशक्त आवाज बनाऔँ, स्थानीय कार्यक्रम र अभियानमार्फत समर्थन जुटाऔँ । यो केवल सडक होइन यो पूर्वको सम्भावनाको राजमार्ग हो। यो केवल मार्ग होइन(यो हाम्रो साझा पहिचान र समृद्धिको सपना हो। त्यसैले मुख्य रुपमा सोलुखुम्बु जिल्ला बासी आदरणीय दाजुभाइ तथा दिदीबहीनी हरुलाई यो दुर्दर्शी लक्ष्य पुरा गराउन को लागी तपाई हरुको क्षेत्रमा सडक बाटो निर्माण गर्न सहजिकरण गरी अबश्यक सहयोग तथा पहल गरिदिनहुन हार्दिक बिनम्रता प्रकट गर्दछु साथै यसै योजना बाट तपाई हामी बीचको भेटघाट आत्मीयता, सहकार्य र आपसी सम्मानको सेतु बन्न सकोस्। यो बाटोले दुबै जिल्लाको सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्धलाई अझ मजबुत बनाओस् भन्ने बिश्वाश को साथ हार्दिक अपिल गर्दछु।
अब राष्ट्रले सुन्नुपर्छ !
अब नेतृत्वले देख्नुपर्छ !
अब हामी सबै मिलेर यो सपना साकार पार्न अघि बढ्नुपर्छ ।
थप सल्लाह सुझाव को अपेक्षा गर्दछु ।
(अरुण गाउँपालिका ३ खोकुम्बु निवासी कार्की अरुण गाउँपालिकाका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेस भोजपुर जिल्ला उपसभापति हुन्)
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो